साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ६९)

नाैला नाैला अनेकौँ रहर हृदयमा जाग्दछन् भित्र भित्र आफैँले याे पलाकाे मनन नगरिए मैलिएला चरित्र ?

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(जेठाबाकाे सुझाव)

आमा धर्ती सबैमा अथक छ ममता सृष्टिकाे भार थाम्ने ।
बबा आकाश आफ्ना अनवरत सदा सृष्टिमा दृष्टि भर्ने।।
छाेराछाेरी बुहारी जति जनसित छाै सृष्टि उद्यानभित्र
जिम्मेवारी पलामा मनन नगरिए मैलिएला चरित्र ?।।४३९।।

छाेरामा छन् समस्या प्रकृति नियम याे प्रेम बग्ने उँधाे हाे ।
भार्याका बात केही हृदयबिच छुने मान्नुपर्ने हुँदाे हाे।
छाेरीमा झन् समस्या अझ परघरका भिन्न उद्यानभित्र ।
जिम्मेवारी सबैले मनन नगरिए मैलिएला चरित्र ?।।४४०।।

लालाबाला र पाका सुजन युगलका साथमा एकनास ।।
सालाखाला हुनेछन् मनमगज सदा भावना मात्र रास।।
याे वेलामा थपिन्छन् विविध जटिलता नित्य उद्यानभित्र।
जिम्मेवारी सबैले मनन नगरिए मैलिएला चरित्र ?।।४४१।।

लालाबालाहरूमा वयपन जहिले पन्ध्र काटेर जान्न ।
चिन्दैन् खास आफ्ना हित अहित कुरा चेतनाभित्र हुन्न।।
यी हुन् आमा बुबाका अति विकटपला खास उद्यानभित्र।
वेला हाे फूल फुल्ने मनन नगरिए मैलिएला चरित्र ।।४४२।।

चड्दै जाँदा उकालो अविरल सँगकाे साेह्र काटेर वर्ष ।
हुन्नन् आमाबुबाका वश वय भरियाे तिर्सना छन् सहस्र।।
नाैला नाैला अनेकौँ रहर हृदयमा जाग्दछन् भित्र भित्र
आफैँले याे पलाकाे मनन नगरिए मैलिएला चरित्र ? ।।४४३।।

०००
२०८०/७/२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x