साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोही बनी सुन्दर 

नेपाली ढुकुटी सके सलहले दायाँ र बायाँ गरी बाटो एक अनेक रूप गतिमा बढ्दै गयो तस्करी । सानाले सुख, शान्तिसाथ जिउने बाटा बने जर्जर ऐले देश गयो विचित्र गतिमा गोही बनी सुन्दर !!

Nepal Telecom ad

डा. बमबहादुर थापा जिताली :

नेपाली ममचा बने दिनदिनै, देखिन्छ चारैतिर
नेपाली जन सेकुवासरि भए गुच्चा बनेझैँ शिर ।
यस्तो हालतमा छ जीवन भने सत्ता सधैँ उर्वर
बन्ने लक्षण देखिएन जनता ! गोही बनी सुन्दर !!

नेपाली विचरा ! भएर मुरली ढाडे भए टाउके
नाता–लम्पट छन् भकुर्न जनता स्वार्थी बने लाउके ।
खाता जाँच भएन यो बखतमा बढ्दै गयो अन्तर
माटो छैन विकासमा चहकिने गोही बनी सुन्दर !!

नोटैनोट पिएर यो समयमा भाले भकारी भए
भोटैभोट लिएर मालिक भए आफैँ डकारी रहे ।
यस्तो चाल चलाउने चलनमा साँढे भए आतुर
मालामाल हुने र देश दुहुने गोही बनी सुन्दर !!

हाम्रो राष्ट्र हराभरा रहरिलो वैकुण्ठजस्तै थियो
पुर्खाको गरिमा प्रसिद्ध महिमा खाए चपाए फियो ।
मौलाएर दरिद्रता प्रतिदिनै पाठा पठाए पर
डाकी दुर्दिन, राष्ट्रको शिखरमा गोही बनी सुन्दर !!

भोका छन् जनता भनी अलिकता मान्दैन कोही डर
नेपाली गरिमा गिराउन उठे ! काला र राता घर ।
कोहीका घर छन् विशाल चुचुर कोही रूने धर्धर
यस्तो तीब्र विभेदले गति लियो, गोही बनी सुन्दर !!

नेपाली ढुकुटी सके सलहले दायाँ र बायाँ गरी
बाटो एक अनेक रूप गतिमा बढ्दै गयो तस्करी ।
सानाले सुख, शान्तिसाथ जिउने बाटा बने जर्जर
ऐले देश गयो विचित्र गतिमा गोही बनी सुन्दर !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x