साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिको

"ल तिमी पनि सर्को मार" भन्दै कान्छीलाई दियो। कान्छीले पनि चिरोट तानेको नक्कल गरी। "ल कान्छी अब हामी आमाबाबु बाजी खेल्ने है...!"

Nepal Telecom ad

दिप मङ्ग्राती :

“ए कान्छी खोइ सितन ल्याउ न….!” सात वर्षको सुबोध (साइला)ले आफ्नै उमेरकी कान्छी अर्थात (टिना)लाई भन्यो।

दुबै जना छिमेकमै बस्ने सगै पढ्ने सहपाठी, बगैचामा भाFडाकुटी खेल्दै थिए । सुबोध साईला बनेको थियो, टिना कान्छी बनेकी थी।

तीन ओटा ढुङ्गा राखेर चुह्ला बनाएका थिए, फुटेका माटाका खपेटाहरुका भाँडाहरु । यस्तै यस्तै अन्य कुराहरू जोरजाम मिलाएर एउटा भान्साघरका स्वरुप बनाएका थिए।

“लु भुटुवाको सितन ” कान्छीले खपेटामा केहि मसिना ढुङ्गाहरु राखेर साइँलाको अगाडि राखिदिँदै भनी ..!

साइलाले एउटा सानो सिसाको बोटलबाट प्लास्टिकको कपमा रक्सि खनायो सायद पानी हुनुपर्छ। अनि उसले अलिकती सुरुप्प पियो र “आ…हा…!” गर्दै मुख बिगार्‍यो, जसरि रक्सि पिएपछि बुचरहरु मुख बिगार्ने गर्छन्। अनि खपेटामा राखेको ढुङ्गा टिपेर मुखमा हालेको जस्तो गर्‍यो।

“ल तिमी पनि खाउ अलिकति।” साइलाले कान्छीलाई ग्लास दिदै भन्यो….!

“हि..हि..हि…! म पनि खानु र..?” कान्छी मस्किएको जस्तो नाटक गर्दै भनी। मानौँ उ कुनै भट्टीकै कान्छी हो
“खाउ खाउ केहि हुन्न, जातले नमिले पनि लुकिछिपि चल्छ…!”
कान्छीले पनि पिएजस्तो गरी।

“खोई अगुल्टो ल्याउ त चुरोट सल्काउँ।”
साईँलाले गोजिबाट कागज बेरेर बनाएको चुरोट निकाल्यो। कान्छीले एउटा दाउराको टुकुरा दी, अर्थात अगुल्टो।

साइलाले चुरोट सल्काएको जस्तो गर्‍यो र ओठ चुच्चो पारेर धुवाँ फाल्यो।

“ल तिमी पनि सर्को मार” भन्दै कान्छीलाई दियो। कान्छीले पनि चिरोट तानेको नक्कल गरी।
“ल कान्छी अब हामी आमाबाबु बाजी खेल्ने है…!”

०००
बेलबारी, माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
भष्मासुर

भष्मासुर

दिप मंग्राती
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x