साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवशता

"यो संविधान चाहिँ, कुन ठेक्दारको नाम हो, मैले त सुनेको छैन चतुरे ।"  झगरुले सम्झिन खोजे सस्तै गतेर टाउको कन्याउदै सोध्यो।

Nepal Telecom ad

दिप मङ्ग्राती :

“हैन असोज लागिसक्यो गर्मी जाँदैन त हौ यसपाली” झगरु चौधरीले चलाउदै गरेको बेल्चा बालुवाको थुप्रोमा ठडाएर गम्छाले पसिना पुछ्दै खुइ गर्‍यो।

“साँच्चै यसपालिको गर्मी अचाक्लीनै छ,” खडुसलाल ले निधारको पसिना पोच्दै भन्यो।

“के गर्ने साथी हो, मज्दूरको जिन्दगी के ठण्डी के गर्मी, ठण्डी र गर्मी सग डराउन थालियो भने चुल्हो जल्दैन।” नाइके मज्दुरले हौसला बढाउने उदेश्यले भन्यो।

“नाइके दाइ तपाइँको त बुढीले पनि मज्दुरी गर्छिन, हैँसे मा जोड मिलिहाल्छ नि। मेरो त ल्याउँ भने पनि नानी सानो छ।” झगरुले मन खोल्यो।

“नगरी के गर्नु यार, बुढीलाई काम गराउन कसलाई मन पर्छ। सरकारी स्कुलमा छोरो पढ्न मान्दैन, बोर्डिङ्मा पढाएपछि पैसाको खोलो बग्छ ।” नाइकेले विवशता बतायो ।

“म त नल्याउने, दुखसुख पुगेकै छ, काममा ल्याएपछि मति बिग्रिन्छ, मज्दुरे चाला तेइ हो, ख्याल्ठट्टा चलिनै हाल्छ,।फेरि बुढी कमाउने भएपछि टेर्न छोडिहाल्छन्। म पनि कमाउछु भन्न थाल्छन्।” खडुसलालले  बतायो ।

“त्यो चाहिँ हो है, जुन दिन स्वास्नीले लोग्नेको इज्जत गर्न छोड्छन् र जुठो बार्न थाल्छन्र, बुझ्नु छानो चुहिन थालिसक्यो भनेर ।” झगरुको ज्ञानकुञ्ज ।

“होइन के सारो मरेको हौ पैसाको लागि, मरेर त लादैनौ त केटा हो। आज संविधान दिवस हो थाहा छैन…? चङ्खे मुसहर गुट्का मुखमा खन्याउदै तोतेबोलीमा बोल्यो।

“यो संविधान चाहिँ, कुन ठेक्दारको नाम हो, मैले त सुनेको छैन चतुरे ।”  झगरुले सम्झिन खोजे सस्तै गतेर टाउको कन्याउदै सोध्यो।

०००
मोरङ, बेलबारी, हाल इङ्ल्यान्ड

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
रकमी हस्ताक्षर

रकमी हस्ताक्षर

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x