साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चस्मा

"भात खाने र बुद्दि हुनेलाई पो सधाउन गाह्रो हुन्छ, यी दुबै घाँसै खाने हुन्,अब घाँसखाने- घाँसखानेहरुलाई सधाउन र हल बनाउन कुन ठुलो कुरो हो र...?"

Nepal Telecom ad

दिप मङ्ग्राती :

“होइन यो के उदेक देख्नु परेको….? सेतो गोरु र कालो राँगालाई हल्बाँधेर जोतिरहेछ्न् ।” एउटा भेडाले अर्को भेडालाई त्यो कथित उदेक तिर देखाउदै भन्यो।

“यहाँ के हुँदैन, सब हुन्छ, उल्टा पुल्टा, सुल्टा सबै हुन्छ, खाली हेर्ने नजर हुनु पर्छ अनि पर्खिन सक्ने जिन्दगी र आयु लामो हुनु पर्छ। सबै हेर्न पाइन्छ।” अर्को भेडाको दार्शनिक जवाफ, लाग्छ, ऊ भेडाहरु मध्यकै बुद्धिजीवी भेडा हो ।

ऊ अझ थप्दै जान्छ, “पहिले पण्डितले भगवानको पूजा गर्थे, अचेल भग्वानले पण्डितको पूजा गर्छन्।” जिउँदो माथि मुर्दाहरु हाबी छन्, अनुहार माथि मुखुन्डो लाएर हिँड्न थालेका छ्न्, आफ्नो पराई चिन्न कठिन भएको छ। यहाँ, सब हुन्छ।”

“अरुको के कुरा गर्नु, हामीलाई नै हेर न, हामी नै मान्छेबाट भेडा भएका छौँ। हरियो चश्मा लगाइदिएर, सुकेको पराल खुवाउछन्, हामी बडो मज्जाले खाइरहेछौँ हरियो घाँस सम्झेर। आँखाई भ्रमित बनाइदिएपछि, बुद्धि त आफै भ्रमित हुने रहेछ ।”

भेडाहरुको सम्वादले बुढो गोरुको पनि घैँटामा घाम लागेछ क्यारे …!

“हो …. सहि कुरो, यिनीहरु कृतघ्न छन, हामीलाई जोत्नु जोते, अहिले बुढो भयो भनेर लाखापाखा लगाइदिए। यी बहरहरुलाई पनि सकेसम्म जोत्ने हुन्, त्यसपछि पन्छाइदिने हुन् । हेरि राख।”

“बहरको कुरा छोड न बुढा…., यहाँ त गोरु र राँगाकै हल बाँधिसके ।”

“त्यो त देखिरहेको छु,जोत्न सक्लान् त यस्तो हल बाँधेर…?”

“राँगा आहाल देख्ने बितिकै सुतिहाल्छ, गोरु एक्लैले काँध थाम्न सक्ला त..?”

“गोरु होस् कि रागाँ, नकेल लगाउन मान्ने र पुच्छर निमोठ्दा दौडिने भए भएपछि पुगिगयो नि। अरु काम त हलीले गरिहाल्छ नि, छेउ कुना मिलाउने, पाँजो मिलाउने, सामा मिलाउने, सबै हली बाउसेहरुले गरिहाल्छन् नि।”

“र पनि,….! गोरु र राँगा यसरी ताल मिलाएर हिँडेको त मैले देखेको थिएन…..!”

“ठिकै छ, गएर हेरौँ न , खास कुरो के रहेछ…!”
उनीहरु जोतिरहेको मेलामा गए ।

“नजिकै गएर हेर्दा त झनै दङ्ग परे, कसरी हलीहरुले मूर्ख बनाउँद रहेछन्।

अगाडि सुकेको पराल झुन्ड्याइदिएको रहेछ, अनि राँगा र गोरुलाई हरियो चस्मा लगाइदिएको रहेछ। घाँसको लोभमा दुबै हिँड्या छन् हिँड्या छन्।

“होइन हलि दाइ, यो त अचम्मै भयो, गोरु र राँगालाई यसरी हल बाँधेको त अहिलेसम्म देखेको थिएन, कसरी सम्भव भयो, सदाउन लाई….!” भेडाले अति जिज्ञासु हुँदै सोध्यो।

“भात खाने र बुद्दि हुनेलाई पो सधाउन गाह्रो हुन्छ, यी दुबै घाँसै खाने हुन्,अब घाँसखाने- घाँसखानेहरुलाई सधाउन र हल बनाउन कुन ठुलो कुरो हो र…?”

०००
बेलबारी, मोरङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
भष्मासुर

भष्मासुर

दिप मंग्राती
बाध्यता

बाध्यता

दिप मंग्राती
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x