साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धमिरा

तेसैले पनि चिनजान ठुलो थियो।बजार गएको बेला चुर तान्न सबैलाई मुफ्त हुन्थ्यो। चिनजानकालाई अलिक बढिनै दिन्थे तौल भन्दा ।

Nepal Telecom ad

दिप मंग्राती :

“केको सोचमा हो, अध्यक्ष ज्य”…? निकै घोत्लिएर बसिराख्नु भकोछ।” संस्थाको एक्जना सदस्यले जिज्ञासा राख्दै सोधे।
“के हुनु नि ..? यो साहित्यमा पनि फोहोरी लाजनीति घुसाएर ,गुट्बन्दी गर्छन,ब्यक्तिको क्षमताको घाँटी निमोठेर, आनुवंशिक पक्ष्यपाेषण गर्छन्। अघि बढ्न नदिने भए, यी जातिय विभेदका ठेकेदारहरूले ।”

“कस्तो विडम्बना …! आजको एक्काइसौं सताब्दिमा पनि यो ठुलो जात हुनुको भूत उत्रेको छैन रहेछ, हजारौं वर्ष अघि पिएको मदिराको धङधङीले अझै छोडेको रहेन छ।”

“सकेसम्म पासो लगाए, जाने सम्मको छिर्के लगाए, तर आफै मूल फुटेर निस्किएको पानी र कलबाट निस्केको पानीमा फरक त परि हाल्छ नि।”

“मूललाई छेकेर छेक्न सकिन्छ र…?” उसले आफ्नो बाटो आफै खोजिहाल्छ नि। किन नबुझेका होलान् यी वर्गविभेदका पक्षपोषकहरुले।”

“तपाईंनै भन्नुस्त सदस्यज्यू…? मूलको पानीमा र कलको पानीमा के अन्तर हुन्छ..?”
“हुन्छ नि फरक…!” मूलपानीको श्रोत प्राकृतिक हुन्छ भने कलको पानीको श्रोत कृतिम हुन्छ।”
“मूलको पानी आफै बगिरहन्छ, तर कललाई खोच्याङ्ग खोच्याङ्ग चलाई रहनु पर्छ।”
“तेहि त भनेको।…!”

“आज मलाई धेरै वर्षअघिको कुरोको सम्झना आइरहेछ।” अध्यक्षले कुरो जोड्दै भने। “सबै कुकुर काँसी गए हाम्रो गुहु कसले खाने…?” उबेलाको गांउँपञ्चायत सदस्यमा उमेद्वार हुनुभएका कृतिमान सार्कीलाई भोट्माग्ने क्रममा हानेको जातिय विभेदको तुच्छ शब्दबाण हो यो।

“जसले खाए पनि भोटचाहिँ दिनु है बाजे” उमेद्वार हुनुको संस्कार निभाउदै भनेका थिए नबुझे जसो गरी किर्तिमानले।
सुर्तीको पुरानो ब्यापारी, नाम नै चुरवाला, प्रायजसोले नामले भन्दा चुरवाला भनेर चिन्दथे। पञ्चायन झोडाबाटै चुर ( सुर्ती)को ब्यापार सुरु गरेका उनी, बेलबारी आएपछि झनै चर्चित भएका थिए। किनकी बेलबारीको आसपास थुप्रै बजार लाग्थ्यो, उतिखेर, अनि पाहाडीमूलका सुर्ती ब्यापारी सायद उनीमात्रै थिए। तेसैले पनि चिनजान ठुलो थियो।बजार गएको बेला चुर तान्न सबैलाई मुफ्त हुन्थ्यो। चिनजानकालाई अलिक बढिनै दिन्थे तौल भन्दा।

सुर्तिकै ब्यापार गर्नुको एउटा कारण छुवाछुत र जातिय विभेद पनि थियो। किनकी अम्मलमा कुनै छुवाछुत हुँदैन थियो। अरु ब्यापार गर्दा नचल्ने पक्का थियो। ब्यापारी भएकाले साथमा पैसा हुन्थ्यो नै। अड्को फड्को पनि टारिदिन्थे। गाउँमा राम्रै स्थिति थियो। तेसमा पनि पञ्चायन झोडाबाट आएको झोडालीहरु माझ राम्रो एकता थियो।फल्स्वरुप चुनावमा राम्रै मत ल्याएर जित्नुभएको थियो। उसबेला निम्नवर्गको मान्छेले चुनावमा जित्नु भनेको चान्चुने कुरो थिएन। पञ्चायत्कालमा सदस्यको पनि निकै धाक हुन्थ्यो। पछि तिनै बाजे, छोराहरुसँग अंशवण्डा सम्बन्धी झगडा परेपछि, गुहार्न पुगेका थिए, कृतिमान सदस्यकोमा, “छोराहरुले बसिखान दिएनन, अंशवण्डा गराइदिनु परो र जिउनि मिलाइदिनु परो” भन्दै दशौंला जोडेर। कृतिमानले पनि आफ्नो धर्म नछोडी न्यायसम्मत मिलाजुला गरिदिएका थिए छोराहरुसँग।

“कसो बाजे …! उ बेला त “सबै कुकुर काँसी गए, हाम्रा गुहु कसले खाने” भन्थ्याै त ..? बाजेको छिमेकी रणसेर तामाङ ले तंज कस्दै भनेथे।

“हो रैछ बाबु, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेको हो रै छ। उसले आफ्नो धर्म छोडेन। बाबैले पछुतो मान्दै भनेका थिए।
यहि ताल हो भने, देशमा धमिरा लागेजस्तै, साहित्यमा पनि धमिरा लाग्न बेर छैन।

०००
बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
भष्मासुर

भष्मासुर

दिप मंग्राती
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x