साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भष्मासुर

किन नआउनु...! जन्मिदा सबै भासेभुसेनै हुन्छन्,अनि पछि हट्टाकट्टा हुन्छ, अनि फेरि खुइले बुढा हुन्छन, अनि खुस्किन्छन्। चक्र चलिरहन्छ नि।

Nepal Telecom ad

दिप मंग्राती :

“हे प्रभू,… हाम्रो पालो कहिले आउँछ होला…? हामी चाहिँ सधैं अरुले दिएकै भरमा बाँच्नु पर्ने…?” खल्तीमार बडो दीनहीन भावमा गुप्तेश्वर महादेवको थुम्कोमा झुकेर गुनासो गर्दै थियो।

“म आफै त भष्माशुरबाट लखेटिएर धर्तीमुनि, चुन ढुङ्गाको थुम्कोभित्र लुकेर बस्नु परेको छ, तिम्रो निदान कसरी गरुँ,…?” गुप्तेश्वरले क्षुब्ध भाषामा गुप्तकुरा बताए।

“प्रभु हाम्रो आस्थाको धरोहरले नै लुकेर बस्नु परेपछि, हाम्रो भलो कसरी होला त ?” खल्तिमार झन क्षुब्ध हुदै आफ्नो निरासा पोख्यो।
“चिन्ता नगर, समय सबैको आउँछ, मंगोल युग, रोमन युग, सिकन्दर युग, पस्चिमा युग सबैको पालो आएर गैसक्यो, अहिले युनिपोलारको समय छ, अब बिस्तारै मल्टिपोलारको दिन आउँछ,।” गुप्तेस्वरको भविस्यवाणी ।

“प्रभु,….!हामी खल्तीपोलारहरुको पनि दिन आउँछ त…?”
“अवश्य आउँछ, तर भष्माशुरबाट चाहिँ बच्नु पर्छ।”
“अनि प्रभु यो भष्माशुरको कुनै निदान छैन त ?”
“हुँदैछ,…! क्षीरसागरमा योजना बन्दै छ, चाँडै मोहिनीको आगमन हुँदै छ।” भष्माशुरलाई आफ्नै दम्भले भस्म हुन्छ”।
“अनि प्रभु  ! हामीजस्ता भासेभुसेहरुको पनि दिन आउँछ त साँच्चै…?”
“किन नआउनु…! जन्मिदा सबै भासेभुसेनै हुन्छन्,अनि पछि हट्टाकट्टा हुन्छ, अनि फेरि खुइले बुढा हुन्छन, अनि खुस्किन्छन्। चक्र चलिरहन्छ नि।”

“प्रभु….! मेरो उद्वार गर्नुस्, मेरो रक्षा गर्नुस्…..!”एउटी अबलाको प्रवेश ।
“के भयो तिमीलाई भन देवी।” गुप्तेस्वरले सोधे।
“मेरो लोग्ने बहुलाई सक्यो, मलाइ सधै कुट्पिट गर्छ, मेरो इच्छा विपरित करणी गर्छ।”
“लोग्ने स्वास्नीको यस्तो झगडा अचेल राष्ट्रसंघले हेर्ने गर्छ, उतै गएर उजुरी गर।”

०००
बेलबारी- ३, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x