साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

इमान्दार हुनु भनेको हाँसको फौजमा बक्कुलो बन्नु रहेछ त्यसैले म प्रिय भएको हो पित्तललाई सुन भनेर बिकाएपछि ।

Nepal Telecom ad

हिरा खड्का अधिकारी :

१.
भक्कानो फुट्दो रहेछ जिन्दगीले बारबार हिर्काएपछि
म बुझ्ने भएको छु परिस्थितिले जिन्दगी लेख्न सिकाएपछि
इमान्दार हुनु भनेको हाँसको फौजमा बक्कुलो बन्नु रहेछ
त्यसैले म प्रिय भएको हो पित्तललाई सुन भनेर बिकाएपछि ।

२.
अङ्गालोमा बेरेर पिठ्यूमै छुरा धस्छन कसरी
मुटु छिया छिया पार्नेहरू मुटुभित्रै बस्छन् कसरी
दुध पिएर विष ओकल्ने साँपभन्दा सयौँ गुणा
कडा विष छर्की मान्छेले मान्छेलाई डस्छन कसरी ?

३.
सबै भित्र ईर्ष्या देख्छु, अनौठो जलन देख्छु
विरोध गर्नु राजनीति हो भन्ने प्रचलन देख्छु
अचम्म!राजनीति पनि बुझेर बुझिसक्नु छैन
देखिने दाँतभित्र चपिने दाँतको दलन देख्छु।

०००
सुन्दरहरैँचा, माेरङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Suvas Devkota
Suvas Devkota
3 months ago

राम्रो विचार

Nepal Telecom ad
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
1
0
Would love your thoughts, please comment.x
()
x