साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धलाई चाहिँने मायाँ

हाँस्छ मायाँ हुँदा चित्त आनन्दमा। मिल्छ सत्प्रेरणा हिँड्न कर्तव्यमा ।। सत्य सन्तान हुन् नित्य सान्निध्यमा। वृद्धबेला बिताेस् खास सद्भावमा।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

बाल्यबेला थियो एक आनन्दकाे।
बैँस आयाे लिई,रङ्ग झन् प्रेमकाे।।
प्रेममा पाैडिँदै प्राैढ भै चम्कियाे ।
प्राैढबेला बित्यो जिन्दगी खुम्चियाे।।१।।

उक्लिँदै खुड्किलाे वृद्धबेला झुल्यो ।
शक्ति घट्दै गयाे तिर्सना बल्झियाे ।।
दूर सन्तान छन् साथ छैनन् सब ।
चाहिँने हुन्छ झन् नित्य मायाँ अब।।२।।

याम हाे वृद्धकाे कर्मसन्यासकाे ।
छाड्न गाह्राे तथा साधना साथकाे।।
हुन्छ सन्तानका साैख्यकाे चाहना।
मात्र मायाँ भए भाग्दछन् वेदना।।३।।

बैँस भाग्याे गयाे गल्न थाल्यो हियाे।।
कार्यकर्तव्यकाे याेजना थन्कियाे ।।
पुञ्ज छन् साथमा ज्ञानका मञ्जरी।
वृद्धलाई बसौँ नित्य मायाँ गरी।।४।।

हाँस्छ मायाँ हुँदा चित्त आनन्दमा।
मिल्छ सत्प्रेरणा हिँड्न कर्तव्यमा ।।
सत्य सन्तान हुन् नित्य सान्निध्यमा।
वृद्धबेला बिताेस् खास सद्भावमा।।५।।

०००
हाल : काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x