साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

याेद्धा अनेक हाम्रा याे राष्ट्रका पुजारी । खाेजेर राेजगारी जान्छन् समुद्र पारी ।। उद्योग खै त हाम्रो देखिन्न बाेल्न थालाैँ । वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

आधार सत्यकाे हाेस् ! फालाैँ असत्यलाई ।
सद्भाव गुम्न लाग्दा कल्ले समाल्छ भाइ ?।।
बेला अमूल्य आयाे सल्लाह गर्न थालाैँ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।।१।।

विश्वास छैन भन्दै मानेर हुन्न हार ।
पर्नेछ फेर्न राम्रो नेपालकाे मुहार।।
नेतृत्व हाँक्न सक्ने सत्पात्र चुन्न थालाैँ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ।।२।।

मात्रै रटान गर्छाैँ, हाेस् देशमा विकास ।
छन् भित्रका समस्या झन् आज रासरास।।
ॐकार सार सङ्लाे हिन्दुत्व हाे नफालाैँ ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ।।३।।

हावा कुनै नराम्रो आलाेकमा नआओस्।
आफू मरेर जाँदा नेपाल बाँच्न पाओस् ।।
चाहिन्छ स्वाभिमानी नेता नियाल्न थालाैँ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ।।४।।

याेद्धा अनेक हाम्रा याे राष्ट्रका पुजारी ।
खाेजेर राेजगारी जान्छन् समुद्र पारी ।।
उद्योग खै त हाम्रो देखिन्न बाेल्न थालाैँ ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x