साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे बनेर हुस्सु

भागूँ भनेर बाटो खोज्दैछ बाजले सुन्दैछु लौ भँगेरा निस्के शिकारमा ! दूबो भरी छपक्कै देखिन्छ बूँद हो आकासमा कहाँ पो बस्थ्यो करारमा !

Nepal Telecom ad

बूँद राना :

किन्ने र बेचिने छन् निक्कै हतारमा
मान्छे पुगेछ ऐले सट्टा बजारमा !

कैले हुने चनाखा माछा तलाउका ?
मौका ढुकी बकुल्ला बस्छन् किनारमा !

के हो बनाउने त्यो आफ्नै छ हातमा
मान्छे बनेर हुस्सु खोज्छन् निधारमा !

लागेछ घाम भन्छन् कस्तो बिडम्बना
देख्तैछु रात कालो रुन्चे मुहारमा !

‘सन्चै छु है’ त भन्छौं साँच्चै भनौं भने-
चल्दैछ जिन्दगानी मर्मतसँभारमा !

भागूँ भनेर बाटो खोज्दैछ बाजले
सुन्दैछु लौ भँगेरा निस्के शिकारमा !

दूबो भरी छपक्कै देखिन्छ बूँद हो
आकासमा कहाँ पो बस्थ्यो करारमा !

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x