साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँचेर सार के भाे

लाचार लाश जस्तो बाँचेर सार के भाे ठूलै दिई धमाका ज्यूँदो बनेर बाँचौँ ।

Nepal Telecom ad

बूँद राना :

आगो भएन के भो झिल्को बनेर बाँचौँ
चिसो त हुन्छ मुर्दा तातो बनेर बाँचौँ ।

बौरेर कि उडेर ढाकौँ न यो चराचर
माटो बनेर बाँचौं धूलो बनेर बाँचौँ ।

खै त्यो कहाँ छ भन्दै खोजी गरून् सबैले
बाँचौँ सधैं सबैको खाँचो बनेर बाँचौँ ।

धान्ने त हो नि धर्ती जुक्ति कसै नलागे
घरको निदाल धुरी खाँबो बनेर बाँचौँ ।

मीठोको लोभ गर्दा जुठो कलो निलिन्छ
दागी न भै हमेशा चोखो बनेर बाँचौँ ।

लाचार लाश जस्तो बाँचेर सार के भाे
ठूलै दिई धमाका ज्यूँदो बनेर बाँचौँ ।

ठूलो हुँदा अरूको घट्‌ला कतै उँचाइ
सम्झेर बूँदलाई सानो बनेर बाँचौँ ।

०००
सिद्धार्थनगर-८, रूपन्देही
मो. ९८५११२३४४०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x