रामकुमार पण्डित क्षेत्रीसत्ता कब्जा गर्ने उपाय
होइन हौ, ब्वाँसा । बाटो बनाउनुपर्ने ठाउँमा झन् किन बिगार्यौ ? यी बाटाहरू त हाम्रो सहयोगमा बनेका हुन् । के हामी सधैं बजेट दिन्छौँ भनेर यसो गरेको ?

रामकुमार पण्डित :
जङ्गलमा पनि लोकतन्त्र आयो । सिंह बस्ने सिंहासनमा ब्वाँसो बस्यो । उसले जङ्गलमा निर्माण कार्य गर्ने भनेर अरू जनावरहरूको समर्थन पाएको थियो ।
ब्वाँसोले धमाधम प्रमुख जनावरहरू हिँड्ने राम्रो-राम्रो बाटोघाटो (सडक) बिगार्न थाल्यो ।
ब्वाँसाको यस्तो चालादेखि सम्पन्न विदेशी देशको राजदूत स्यालले गएर सोध्यो-
होइन हौ, ब्वाँसा । बाटो बनाउनुपर्ने ठाउँमा झन् किन बिगार्यौ ? यी बाटाहरू त हाम्रो सहयोगमा बनेका हुन् । के हामी सधैं बजेट दिन्छौँ भनेर यसो गरेको ?
ब्वाँसोले जवाफ फर्कायो : के गर्नु स्यालज्यू, लडाइँ गरेर सिंहले सत्ता कब्जा गर्ने जमाना गइहाल्यो । आजभोलि सडक कब्जा गरेर सत्ता हत्याउँदा रहेछन् । त्यही भएर सत्ता टिकाउनका लागि भएको बाटो पनि सबै बिगार्न थालेँ । के गर्नु सत्ताभन्दा ठूलो सडक होइन रहेछ त ।
सत्ताको लागि जे पनि गर्न तयार ब्वाँसोको कुरो सुनेर स्याललाई फनन्न रिंगटा लागेर त्यहीँ ढल्यो ।
०००
काठमाडाैं
देशकाे खाेजी (२०७१)
Subscribe
Login
0 Comments
Oldest









































