रामकुमार पण्डित क्षेत्रीगाईजात्रा
उसले कम्मर मुनिको वीच भागमा हरियो मकैको घोगा र त्यसको दायाँबायाँ भोगटे झुण्ड्याएको थियो । त्यो देखेर धेरै मान्छे जोडजोडले हाँस्नथाले ।

रामकुमार पण्डित :
चोकमा गाईजात्राको उद्घाटन गरेपछि मन्त्रीले बोलेः “गाईजात्रा परिवारसँग बसेर हेर्न मिल्ने संस्कारयुक्त बनाउनुपर्छ । यो दुःख परेको बेलामा मनोरञ्जन खोज्ने पर्व हो । हँसीमजाक गरेर रमाउने अवसर हो ।…” मन्त्रीले यसो भन्दै गर्दा रमाइलो हेर्न जानेमध्ये एक प्रौढ व्यक्ति विगतमा हराए ।
x x x
लाखेले नाच देखाउँदै गए । त्यस लगत्तै गोरु जोतेकोजस्तो देखिने गरी अगाडि दुई जनाले एउटा पातलो फ्ल्याक काँधमा भिरेका थिए भने पछाडि बिचमा बस्नेले जोतेकोजस्तो देखिने गरी एक हातमा सिम्कना लिएर हिँड्दै थिए । जात्रा हेर्नेको भिड थियो । होहल्ला अझै थियो । त्यसपछि एक जना पुरुषले गन्जीभित्र छातीको दुवैतिर भोगटे राखेर महिलाको भूमिका देखायो । त्यसपछि अर्को पुरुषले फाटेको गन्जी र हाफ पाइन्ट लाएर कम्मरमुनि अनौठो कला देखाएको थियो । उसले कम्मर मुनिको वीच भागमा हरियो मकैको घोगा र त्यसको दायाँबायाँ भोगटे झुण्ड्याएको थियो । त्यो देखेर धेरै मान्छे जोडजोडले हाँस्नथाले । त्यसैवीचमा एक महिला कराएको सुनियोः “छ्या ! कस्तो लाज नभाको मुर्दार !”
x x x
त्यति नै बेला उनी होसमा आउँदा मन्त्री अझै बोल्दै थिए । “गाईजात्रामा हुने हास्यव्यङ्ग्य अचेल पहिलेकोभन्दा कमजोर देखियो । यो सशक्त बनाउनु …।” मन्त्री बोल्दै गर्दा ती प्रौढ व्यक्तिसँगै बसेको छेउको मानिसले भनेः
“कलाकारले एक दिन देखाउने जात्राभन्दा यिनेरले ३६४ दिन देखाउने जात्रा बेजोड हुन्छ । यहाँ कलाकारले साङ्केतिक रूपमा मात्र देखाउँछ । यिनेरू आइमाईसँग राशलिला गरेको लगायत अरू केकेजाती गरेको प्रत्यक्ष देखाइदिन्छन् ।”
०००
का.म.पा.६, सिमलटार ।
Subscribe
Login
0 Comments
Oldest









































