साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा

उसले कम्मर मुनिको वीच भागमा हरियो मकैको घोगा र त्यसको दायाँबायाँ भोगटे झुण्ड्याएको थियो । त्यो देखेर धेरै मान्छे जोडजोडले हाँस्नथाले ।

Nepal Telecom ad

रामकुमार पण्डित :

चोकमा गाईजात्राको उद्घाटन गरेपछि मन्त्रीले बोलेः “गाईजात्रा परिवारसँग बसेर हेर्न मिल्ने संस्कारयुक्त बनाउनुपर्छ । यो दुःख परेको बेलामा मनोरञ्जन खोज्ने पर्व हो । हँसीमजाक गरेर रमाउने अवसर हो ।…” मन्त्रीले यसो भन्दै गर्दा रमाइलो हेर्न जानेमध्ये एक प्रौढ व्यक्ति विगतमा हराए ।
x x x
लाखेले नाच देखाउँदै गए । त्यस लगत्तै गोरु जोतेकोजस्तो देखिने गरी अगाडि दुई जनाले एउटा पातलो फ्‌ल्याक काँधमा भिरेका थिए भने पछाडि बिचमा बस्नेले जोतेकोजस्तो देखिने गरी एक हातमा सिम्कना लिएर हिँड्दै थिए । जात्रा हेर्नेको भिड थियो । होहल्ला अझै थियो । त्यसपछि एक जना पुरुषले गन्जीभित्र छातीको दुवैतिर भोगटे राखेर महिलाको भूमिका देखायो । त्यसपछि अर्को पुरुषले फाटेको गन्जी र हाफ पाइन्ट लाएर कम्मरमुनि अनौठो कला देखाएको थियो । उसले कम्मर मुनिको वीच भागमा हरियो मकैको घोगा र त्यसको दायाँबायाँ भोगटे झुण्ड्याएको थियो । त्यो देखेर धेरै मान्छे जोडजोडले हाँस्नथाले । त्यसैवीचमा एक महिला कराएको सुनियोः “छ्या ! कस्तो लाज नभाको मुर्दार !”
x x x
त्यति नै बेला उनी होसमा आउँदा मन्त्री अझै बोल्दै थिए । “गाईजात्रामा हुने हास्यव्यङ्ग्य अचेल पहिलेकोभन्दा कमजोर देखियो । यो सशक्त बनाउनु …।” मन्त्री बोल्दै गर्दा ती प्रौढ व्यक्तिसँगै बसेको छेउको मानिसले भनेः
“कलाकारले एक दिन देखाउने जात्राभन्दा यिनेरले ३६४ दिन देखाउने जात्रा बेजोड हुन्छ । यहाँ कलाकारले साङ्केतिक रूपमा मात्र देखाउँछ । यिनेरू आइमाईसँग राशलिला गरेको लगायत अरू केकेजाती गरेको प्रत्यक्ष देखाइदिन्छन् ।”

०००
का.म.पा.६, सिमलटार ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
ईज्जत सबै फाल्छन्

ईज्जत सबै फाल्छन्

रामकुमार पण्डित क्षेत्री
होलीका दहन

होलीका दहन

रामकुमार पण्डित क्षेत्री
लसुन कि उखु

लसुन कि उखु

रामकुमार पण्डित क्षेत्री
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x