रामकुमार पण्डित क्षेत्रीगाउँ शहर
सहर आएपछि मेरो शरीर ढल र मलले ढाक्यो । पानीमा नुहाउने धुवाउने त कताकता, मेरो नजिक आएपछि मान्छेहरू नाक थुन्दै हिँड्न थाले ।

रामकुमार पण्डित :
चोभारको ठूलो ढुङ्गामा पुगेर बागमतीको पानी ठोक्कियो । नदीको प्रवाहको चपेटामा परेर ढुङ्गाको ठाउँठाउँमा खोपिल्टो थियो । त्यो खोपिल्टोमा थोरै पानी रोकियो । ढुङ्गाले त्यही मौकामा भन्योः “आफ्नो खबर सुनाउनु न पानीजी !”
त्यो एकमुठी पानीले भन्न सुरु गर्यो ः “जब म गाउँको छेउबाट बग्दै थिएँ, गाउँका मान्छेहरूले मेरो पानीले नुहाए, धुहाए, कसैकसैले पिए पनि । गार्गीमा भरेर घर लैजाने महिलाहरू त कति-कति ।”
त्यति नै बेला नदीको बिचमा छप्लाङ्ग गर्यो । चोभारको झोलुङ्गे पुलबाट बालकले एउटा गिट्टी फालेछ । त्यो सुनेर दुवैले आवाज आए तिर ध्यान दिए । वास्तविकता बुझेपछि ढुङ्गाले भन्योः “अनि त्यसपछि के भयो, सुनाऊ न !”
मेरो बदन सफा थियो । मभित्र माछा, भ्यागुता आदि जीवले सिर्जना गर्दथे । किसानले सिञ्चाइ गर्दथ्यो । म बडो आनन्दित हुँदै बहदै आएँ । धेरै बहेपछि काठमाडौँ सहरको नजिक आइपुगेँ । गाउँमाभन्दा म अझ ठूलो सिर्जनाको खानी हुनेभएँ भनेर उत्साहित भएँ । अरूभन्दा नि काठमाडौँजस्तो राजधानीमा बस्ने सहरियाको सङ्गतले मैले केही सिक्न पाउँछु भन्ने लाग्यो ।
सहर आएपछि मेरो शरीर ढल र मलले ढाक्यो । पानीमा नुहाउने धुवाउने त कताकता, मेरो नजिक आएपछि मान्छेहरू नाक थुन्दै हिँड्न थाले । देवीको रूपमा पूजा गर्ने मान्छेले नै मलाई किन यस्तो गर्यो ? मभित्र अथवा पानीमा सिर्जना गर्ने जीव खोइ कहाँबाट छुटे, म सोचमग्न छु ।”
०००
का.म.पा ६ सिमलटार ।
Subscribe
Login
0 Comments
Oldest








































