साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँ शहर

सहर आएपछि मेरो शरीर ढल र मलले ढाक्यो । पानीमा नुहाउने धुवाउने त कताकता, मेरो नजिक आएपछि मान्छेहरू नाक थुन्दै हिँड्न थाले ।

Nepal Telecom ad

रामकुमार पण्डित :

चोभारको ठूलो ढुङ्गामा पुगेर बागमतीको पानी ठोक्कियो । नदीको प्रवाहको चपेटामा परेर ढुङ्गाको ठाउँठाउँमा खोपिल्टो थियो । त्यो खोपिल्टोमा थोरै पानी रोकियो । ढुङ्गाले त्यही मौकामा भन्योः “आफ्नो खबर सुनाउनु न पानीजी !”
त्यो एकमुठी पानीले भन्न सुरु गर्‍यो ः “जब म गाउँको छेउबाट बग्दै थिएँ, गाउँका मान्छेहरूले मेरो पानीले नुहाए, धुहाए, कसैकसैले पिए पनि । गार्गीमा भरेर घर लैजाने महिलाहरू त कति-कति ।”

त्यति नै बेला नदीको बिचमा छप्लाङ्ग गर्‍यो । चोभारको झोलुङ्गे पुलबाट बालकले एउटा गिट्टी फालेछ । त्यो सुनेर दुवैले आवाज आए तिर ध्यान दिए । वास्तविकता बुझेपछि ढुङ्गाले भन्योः “अनि त्यसपछि के भयो, सुनाऊ न !”

मेरो बदन सफा थियो । मभित्र माछा, भ्यागुता आदि जीवले सिर्जना गर्दथे । किसानले सिञ्चाइ गर्दथ्यो । म बडो आनन्दित हुँदै बहदै आएँ । धेरै बहेपछि काठमाडौँ सहरको नजिक आइपुगेँ । गाउँमाभन्दा म अझ ठूलो सिर्जनाको खानी हुनेभएँ भनेर उत्साहित भएँ । अरूभन्दा नि काठमाडौँजस्तो राजधानीमा बस्ने सहरियाको सङ्गतले मैले केही सिक्न पाउँछु भन्ने लाग्यो ।

सहर आएपछि मेरो शरीर ढल र मलले ढाक्यो । पानीमा नुहाउने धुवाउने त कताकता, मेरो नजिक आएपछि मान्छेहरू नाक थुन्दै हिँड्न थाले । देवीको रूपमा पूजा गर्ने मान्छेले नै मलाई किन यस्तो गर्‍यो ? मभित्र अथवा पानीमा सिर्जना गर्ने जीव खोइ कहाँबाट छुटे, म सोचमग्न छु ।”

०००
का.म.पा ६ सिमलटार ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
गाईजात्रा

गाईजात्रा

रामकुमार पण्डित क्षेत्री
ईज्जत सबै फाल्छन्

ईज्जत सबै फाल्छन्

रामकुमार पण्डित क्षेत्री
होलीका दहन

होलीका दहन

रामकुमार पण्डित क्षेत्री
लसुन कि उखु

लसुन कि उखु

रामकुमार पण्डित क्षेत्री
स्वर्ग

स्वर्ग

रामकुमार पण्डित क्षेत्री
0
Would love your thoughts, please comment.x
()
x