साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अजम्मरी

पाकेपछि झर्छन् रुखका फलहरू बरू वहाँ बदनामीले सडे पनि झर्नु हुन्न कसम ! कुर्सी देखिन्जेल उहाँ कहिल्यै मर्नु हुन्न !

Nepal Telecom ad

युवराज भण्डारी :

भरीमा मात्र थप्नुहुन्छ
खाली गिलास कहिल्यै भर्नु हुन्न
दिमागले काम गर्नुहुन्छ
मनले कहिल्यै गर्नुहुन्न
ढुङ्गाको मन छ, अजम्मरी तन छ
कसम !
उहाँ त
पहाड शिरमा खसे पनि मर्नुहुन्न ।
एकबाजी बोल्न दिनुस्
फेरि कसैलाई पालो दिनु हुन्न
पद दिनुस्, ज्यान गए छोड्नु हुन्न
शिखर चढाउनुस्
मरिगए तल झर्न खोज्नुहुन्न
होस्, चुलीमै छोडिदिनुस्
कसम !
उहाँ
हिमालको चिसोले पनि मर्नु हुन्न !
जित जिम्मेवारी हो
हार अर्को मौका हो
अवसर देख्न सक्नेको हारे पनि जित हुन्छ
अभिभारा पूरा नगर्नेको जिते पनि हार हुन्छ
यो कविको कुरा हो
उहाँलाई त
जित पनि जित; हार पनि जित
जित्नु हुन्छ— टाँसिइरहनु हुन्छ
हार्नु हुन्छ— खोसेर पनि लिनु हुन्छ
अपरम्पार छ उहाँको
सत्तामोह
पाएको कुर्सी छाडेर उहाँ
कहाँ आफैँलाई धोका दिनु हुन्छ ?
सम्झाउन खोज्नुभयो भने
उल्टो हजुरलाई सम्झाउनु हुन्छ ।

हजुरको घरभित्र पसेर
हजुरकै उठीबास लाउनुहुन्छ
हिजो पनि उहाँ नै हुनुहुन्थ्यो
आज पनि वहाँ नै हुनुहुन्छ
यताउता, जताततै हुनुहुन्छ
उहाँलाई जति खाँदा पनि केही फरक पर्दैन
बदनामीको पहिरो जाँदा पनि कुनै असर गर्दैन
पाकेपछि झर्छन् रुखका फलहरू बरू
वहाँ बदनामीले सडे पनि झर्नु हुन्न
कसम !
कुर्सी देखिन्जेल उहाँ कहिल्यै मर्नु हुन्न !
भान्सामा बसेर भोक बाँड्नु हुन्छ
अस्पतालमा बसेर रोग बाँड्नु हुन्छ
लीला अपार छ के भन्नु
उज्यालोमा बसेर अन्धकार बाँड्नु हुन्छ
फूलबारीमा बसेर झार बाँड्नु हुन्छ
कवि भन्छ—
एक फूल झर्दा अर्कोले फुल्ने अवसर पाउँछ
तर, उहाँ यसमा पटक्कै विश्वास गर्नु हुन्न
कसम !
उहाँ कहिल्यै पनि मर्नु हुन्न !

०००
(हालै प्रकाशित कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को स्वर्ग

अर्को स्वर्ग

युवराज भण्डारी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x