देवीप्रसाद मिश्रबुढ्याैली (काव्य शृङ्खला- ३६)
काेही जागिरका विभिन्न तहमा राम्रो चलाई पद । काेहीले कृषिकार्यभित्र रहँदै थामेर आफ्नो कद।। सेवामा अवकाश जीवन भयाे बाँकी रहेकापला ।। आआफ्नो सिपकाे समादर गरी छाड्छाैँ थलामा कला।

देवीप्रसाद मिश्र :
वृद्ध चिन्तनमा ठुल्दाइकाे उद्घाेष 
खेती गर्छु कपासकाे अब सबै पाखा पखेराभर ।
चर्खा त्याे उइँटाे बुबा हजुरकाे साथै छ आफ्ना घर ।।
धागाे कात्छु घरेलु कार्य विधिका बाती जनै सञ्चय ।
गर्दै थाम्दछु वृद्धकाे म पगरी छैनन् कुनै संशय ।।२०२।।
फर्काएर जनै म राेक्दछु उतै ती चाइनाका पर।
दिन्छन् साथ समस्त वृद्धजनले के नै, समस्या छ र ?।।
छन् हाम्रा सिपसाथ काैशलकला पारेर सङ्लाे मन, ।।
वृद्धावृद्ध भएर थाम्न नसके, पुस्ता हुने क्रन्दन ।।२०३।।
धागाकाे परिवेशमा मन छुने उद्याेग राम्रो थियो ।
आयो बाढ तरङ्ग जाे समयमा सारा बगाई दियो ।।
खाेजाैँ ती अवशेष जेजति थिए हाम्रा पुराना धन।
गर्दा हुन्छ अझै जुटेरसँगमा भन्दै छ पाकाे मन।।२०४।।
धागोबाट अनेकता हितकरी सामान बन्छन् अझ ।
हाते शिल्प कला छ वृद्धजनमा पर्दैन नाप्ने गज ।।
खाँडीका कपडा विभिन्न रङमा गर्दै कला सञ्चित ।
दाैरा वा सुरुवालकाे परिधिमा राख्छाैँ सदा इज्जत ?।।२०५।।
काेही जागिरका विभिन्न तहमा राम्रो चलाई पद ।
काेहीले कृषिकार्यभित्र रहँदै थामेर आफ्नो कद।।
सेवामा अवकाश जीवन भयाे बाँकी रहेकापला ।।
आआफ्नो सिपकाे समादर गरी छाड्छाैँ थलामा कला।।२०७।।
(क्रमशः)
०००
Subscribe
Login
0 Comments
Oldest







































