साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ३६)

काेही जागिरका विभिन्न तहमा राम्रो चलाई पद । काेहीले कृषिकार्यभित्र रहँदै थामेर आफ्नो कद।। सेवामा अवकाश जीवन भयाे बाँकी रहेकापला ।। आआफ्नो सिपकाे समादर गरी छाड्छाैँ थलामा कला।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

वृद्ध चिन्तनमा ठुल्दाइकाे उद्घाेष

खेती गर्छु कपासकाे अब सबै पाखा पखेराभर ।
चर्खा त्याे उइँटाे बुबा हजुरकाे साथै छ आफ्ना घर ।।
धागाे कात्छु घरेलु कार्य विधिका बाती जनै सञ्चय ।
गर्दै थाम्दछु वृद्धकाे म पगरी छैनन् कुनै संशय ।।२०२।।

फर्काएर जनै म राेक्दछु उतै ती चाइनाका पर।
दिन्छन् साथ समस्त वृद्धजनले के नै, समस्या छ र ?।।
छन् हाम्रा सिपसाथ काैशलकला पारेर सङ्लाे मन, ।।
वृद्धावृद्ध भएर थाम्न नसके, पुस्ता हुने क्रन्दन ।।२०३।।

धागाकाे परिवेशमा मन छुने उद्याेग राम्रो थियो ।
आयो बाढ तरङ्ग जाे समयमा सारा बगाई दियो ।।
खाेजाैँ ती अवशेष जेजति थिए हाम्रा पुराना धन।
गर्दा हुन्छ अझै जुटेरसँगमा भन्दै छ पाकाे मन।।२०४।।

धागोबाट अनेकता हितकरी सामान बन्छन् अझ ।
हाते शिल्प कला छ वृद्धजनमा पर्दैन नाप्ने गज ।।
खाँडीका कपडा विभिन्न रङमा गर्दै कला सञ्चित ।
दाैरा वा सुरुवालकाे परिधिमा राख्छाैँ सदा इज्जत ?।।२०५।।

काेही जागिरका विभिन्न तहमा राम्रो चलाई पद ।
काेहीले कृषिकार्यभित्र रहँदै थामेर आफ्नो कद।।
सेवामा अवकाश जीवन भयाे बाँकी रहेकापला ।।
आआफ्नो सिपकाे समादर गरी छाड्छाैँ थलामा कला।।२०७।।

(क्रमशः)

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x