साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा

समाजका विशेषता,अनन्त कार्य लाैकिक। सँभाल्न मातृशक्तिकाे सहायता छ दैनिक ।। छ गर्न राष्ट्रले अझै विधानमा विवेचना । समस्त मातृशक्तिमा हजार लाख वन्दना ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

नआत्तिई पला पला,बलाे बनी रमाउँछन् ।
कला भरेर कर्ममा थलाे सफा बनाउँछन् ।।
गराैँ अजस्र कर्मकाे विशेषता विवेचना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ॥१।।

छ जन्मसिद्ध साथमा अनन्त कर्मकाे हक।
खिलाउँदै हसाउँने, समस्त वृद्धबालक।।
मुसुक्क मुस्कुराउँदै बढार्दछन् प्रताडना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ॥२।।

छरेर स्वेद कर्मका सिचाउँने वसुन्धरा ।
अभाव टार्न अर्पिने, चलायमान पाखुरा।।
थकानले गलाउँदा नराेकिने सुसाधना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ॥३।।

प्रताड ग्रीष्म, शीतका हटाउँदै निरन्तर ।
बनेर छादनी,ठुलो ,छ नित्य साथमा भर।।
घरानका मुमा तथा बजारका,वराङ्गना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ॥४।।

समाजका विशेषता,अनन्त कार्य लाैकिक।
सँभाल्न मातृशक्तिकाे सहायता छ दैनिक ।।
छ गर्न राष्ट्रले अझै विधानमा विवेचना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ॥५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
विचारपथका चेलाहरू हो सुन

विचारपथका चेलाहरू हो सुन

देवीप्रसाद मिश्र
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x