साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका सकसको गर ख्याल

गेहमा र पथमा पनि जान वृद्धका उपरमा गर मान जो घमन्ड मनमा छ निकाल वृद्धका सकसको गर ख्याल॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

वीरता अघि छरे दुनियाँमा
भोग्न तत्पर भए खुब धामा
देन उच्च यिनको छ कमाल
वृद्धका सकसको गर ख्याल॥१॥

वृद्धता प्रकृतिको उपहार
रोग होइन कुनै बुझ सार
स्निग्ध पार मनका कस फाल
वृद्धका सकसको गर ख्याल॥२॥

हेय चाहिँ नगरे ठिक होला
धान्नुपर्छ सबले नर चोला
बग्नसक्छ मुखमा पनि र्‍याल
वृद्धका सकसको गर ख्याल॥३॥

पर्छ मुस्किल लिनै पनि सास
स्वच्छ वायु नभए पछि खास
राख कोष्ठ बिचमा अब झ्याल
वृद्धका सकसको गर ख्याल॥४॥

तीन चार छ तला घर तिम्रो
चढ्न झर्न नभए भर तिम्रो
पाउ गल्दछ धिमा हुन चाल
वृद्धका सकसको गर ख्याल॥५॥

गेहमा र पथमा पनि जान
वृद्धका उपरमा गर मान
जो घमन्ड मनमा छ निकाल
वृद्धका सकसको गर ख्याल॥६॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x