साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सव- २०८३ सम्पन्न

देवीप्रसाद वनवासी र मिलन समीरद्वारा सम्पादित शिवकुमार अधिकारीको कथाकृति "कोपिला"साहित्यानुरागी महानुभावहरुद्वारा एकसाथ लोकार्पण गरिएको थियो ।

Nepal Telecom ad

स्याङ्जा । युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ (२००८), स्याङ्जा (२०६७) को चौथो जिल्ला अधिवेशनसँगै ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सव- २०८३ जेठ १६ गते शनिवारका दिन वालिङ खेलमैदानस्थित पतन्जलि योगपिठको सभाकक्षमा सम्पन्न भएको छ ।

नेपाली लेखक सङ्घ स्याङ्जाका उपाध्यक्ष युवा स्रष्टा युवराज सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा देवीप्रसाद वनवासी र मिलन समीरद्वारा सम्पादित तथा नेपाली लेखक सङ्घ, स्याङ्जाद्वारा प्रकाशित शिवकुमार अधिकारीको कथाकृति “कोपिला” को कार्यक्रममा समुपस्थित सम्पूर्ण साहित्यानुरागी महानुभावहरुद्वारा एकसाथ लोकार्पण गरिएको थियो ।

कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरु अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी, पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक लम्साल, दहथुम बहुमुखी क्याम्पस प्रमुख नेत्रनारायण रेग्मी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, विशिष्ट आमन्त्रित व्यक्तित्व पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी र प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ स्रष्टा देवीप्रसाद वनवासीद्वारा सारगर्वित शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्याङ्जाली स्रष्टा लक्ष्मी रेग्मी खनाल (कविता- कुहिरो), मुनाल गोदार (मुक्तक), विष्णु पङ्गेनी पाण्डे (मुक्तक), खगेन्द्रजंग थापा (मुक्तक), जिबी राना (कविता- आँधी), शोभाकान्त रेग्मी (मुक्तक), गणेश खत्री (मुक्तक), गुरुप्रसाद ढकाल (गजल), लीला रेग्मी (नारी), ढालबहादुर के.सी.(आँधीखोली), इन्द्रप्रसाद पाठक (हरित विचार), विक्रम संवत (मुक्तक), सरस्वती अर्याल काफ्ले (मुक्तक), पारु थापा पल्ली (गजल), राजु गैह्रे (कविता- माथि आकाशमा), स्मारिका अर्याल (कविता- हराउँदै गएको स्वर्ग), सीताराम अधिकारी (कविता- मित्रमा अपमान), ध्रुवप्रसाद शर्मा पङ्गेनी (कविता- हे तन्देरी !), नेत्रनारायण रेग्मी (कविता- स्वच्छतामा अघि बढौँ ।), मिलन समीर (कविता- प्रलयको पर्खाइमा पृथ्वी) लगायतद्वारा ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सवअन्तर्गत पर्यावरणसँग सम्बन्धित रहेर सिर्जना गरिएका आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरिएको थियो ।

चौथो जिल्ला अधिवेशनबाट युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा, उपाध्यक्ष : युवराज सुवेदी, महिला उपाध्यक्ष : शान्ता थापा, सचिव : गुरुप्रसाद ढकाल, कोषाध्यक्ष : शोभाकान्त रेग्मी, सहसचिव : मुनाल गोदार, सदस्य : राजु गैह्रे, जिबी राना, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, पार्वती थापा पल्ली “पारु” र सरस्वती अर्याल काफ्ले गरि १२ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित गरिएको छ ।

युवा स्रष्टा पारिश्वर न्यौपानेद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन नेपाली लेखक सङ्घ स्याङ्जाका निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सचिव युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो ।

०००
मिलन समीरकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x