साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुस्तरी

ज्यून संसारमा माेह जाग्दै रह्याे मार्ग पल्लाे लिने त्रास भाे सुस्तरी लाेककाे भाेगकाे माेहकाे जालमा बाँधिने बेरिने लास हाे सुस्तरी ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

अङ्गका शक्तिकाे ह्रास भाे सुस्तरी
बाँच्नकाे लालसा प्यास भाे सुस्तरी

जूनका साथमा खेल्न इच्छा थियाे
कल्पना दूर आकाश भाे सुस्तरी

माेज मस्ती गराैँ चाहना हुन्न र !
माेहनी मार्ग कैलाश भाे सुस्तरी

बर्ष लिस्नाे चढी उक्लिएँ भन्नू के?
पाइला पाइला भास भाे सुस्तरी

अङ्ग गल्दै रहून् तिर्सना बढ्छ झन्
रागकाे भित्र आवास भाे सुस्तरी

जिन्दगीकाे मजा लठ्ठ पार्ने सदा
मात लाग्ने नशा खास भाे सुस्तरी

ज्यून संसारमा माेह जाग्दै रह्याे
मार्ग पल्लाे लिने त्रास भाे सुस्तरी

लाेककाे भाेगकाे माेहकाे जालमा
बाँधिने बेरिने लास हाे सुस्तरी ।

०००
२०८३/२/१५ ।
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x