साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस् वृद्धबेला सुखको निसान

बर्सेर आओस् नित प्रेमधारा । अत्यासमा नाति बनाेस् सहारा ।। सद्भावले दुःख गरी, निदान । होस् वृद्धबेला सुखको निसान ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

फाल्दै युवा प्राैढ सुबाल्यबेला।
टुप्लुक्क आयाे अब वृद्धबेला।।
भारी नमानून् घरका जहान।
होस् वृद्धबेला सुखको निसान ।।१।।

छाेरा र छाेरी,दिलका सितारा।
थामेर राखून् सब भाइचारा ।।
देखूँ थलामा जहिल्यै बिहान ।
होस् वृद्धबेला सुखको निसान ।।२।।

मान्दै वयाेवृद्ध सदा छहारी।
सङ्घर्षमा खास,कतै नहारी।।
सन्तानले धान्न सकून् विधान।
होस् वृद्धबेला सुखको निसान ।।३।।

सन्तान भाेका नबनून् भनेर।
पाखा र भित्ता जहिल्यै खनेर।।
साठी बिते वर्ष बनी किसान ।
होस् वृद्धबेला सुखको निसान ।।४।।

बर्सेर आओस् नित प्रेमधारा ।
अत्यासमा नाति बनाेस् सहारा ।।
सद्भावले दुःख गरी, निदान ।
होस् वृद्धबेला सुखको निसान ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
विचारपथका चेलाहरू हो सुन

विचारपथका चेलाहरू हो सुन

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x