साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस् वृद्धबेला सुखको निसान

बर्सेर आओस् नित प्रेमधारा । अत्यासमा नाति बनाेस् सहारा ।। सद्भावले दुःख गरी, निदान । होस् वृद्धबेला सुखको निसान ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

फाल्दै युवा प्राैढ सुबाल्यबेला।
टुप्लुक्क आयाे अब वृद्धबेला।।
भारी नमानून् घरका जहान।
होस् वृद्धबेला सुखको निसान ।।१।।

छाेरा र छाेरी,दिलका सितारा।
थामेर राखून् सब भाइचारा ।।
देखूँ थलामा जहिल्यै बिहान ।
होस् वृद्धबेला सुखको निसान ।।२।।

मान्दै वयाेवृद्ध सदा छहारी।
सङ्घर्षमा खास,कतै नहारी।।
सन्तानले धान्न सकून् विधान।
होस् वृद्धबेला सुखको निसान ।।३।।

सन्तान भाेका नबनून् भनेर।
पाखा र भित्ता जहिल्यै खनेर।।
साठी बिते वर्ष बनी किसान ।
होस् वृद्धबेला सुखको निसान ।।४।।

बर्सेर आओस् नित प्रेमधारा ।
अत्यासमा नाति बनाेस् सहारा ।।
सद्भावले दुःख गरी, निदान ।
होस् वृद्धबेला सुखको निसान ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x