साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचारपथका चेलाहरू हो सुन

कल्ले सक्छ बयान गर्न अहिले शब्दार्थले पुग्छ र ?। पाकाे छैन भने, सदैव रहने अत्यास हाम्राे घर ।। यस्ता सज्जनकाे समादरविना मिल्नेछ के सद्गुण? । पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन ।

Nepal Telecom ad

देवीप्रसाद मित्र :

कालाे केस फुलेर मात्र भवमा काे हुन्छ पाकाे भन ?।
जाे हुन्छन् हितकार्यमा अनुभवी पाका उनै हुन् जन ।।
बाँड्नेछन् परिपक्व ज्ञानगरिमा आत्मा कलाले छुन।
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन ।।१।।

हिँड्दैनन् धनकाे र रूपबलकाे उन्मादमा सज्जन ।
भित्री साेच पराेपकार छ सदा,हुन्छन् खुलासा मन।।
छर्छन् दीनदयालुमा मनछुने,कल्याणकारी गुण ।।
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन ।।२।।

केही पक्षविपक्ष छैन मनमा निष्पक्षकाे भावना।
अर्पिन्छन् सँगका समस्तजनमा जीवन्त सम्भावना ।।
राम्रो सिक्न सके कला ,कहरमा पर्दैन हामी रुन ।
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन ।।३।।

अप्ठ्यारा प्रतिकूलका समयमा, पर्दा कुनै घातमा ।
हुन्छन् रास उपाय ,छन् यदिभने,पाकाहरू साथमा।।
नाप्ने छैन तुलाे,असङ्ख्य छ ठुलो आपत्ति टार्ने गुण ।
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन।।४।।

कल्ले सक्छ बयान गर्न अहिले शब्दार्थले पुग्छ र ?।
पाकाे छैन भने, सदैव रहने अत्यास हाम्राे घर ।।
यस्ता सज्जनकाे समादरविना मिल्नेछ के सद्गुण? ।
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x