साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छुटेको भोज

अन्तमा उनी शयनकक्षतिर मोडिए त्यहाँ भेटिएको निमन्त्रणा पत्रले गुथ्थी खोलिदियो ।

Nepal Telecom ad

सिर्जना खनाल :

“कार्यक्रम सकिइसकेको रहेछ कि क्या हो सुनसान देख्छु त ?”

गरगहना र आकर्षक पहिरनमा सजिएर होटल पौवा पुगेकी सृजनाले पालेलाई सोध्दै विष्मित भाव प्रकट गरिन् ।

पाले दाइले यो विल्डिङमा नभएर अर्कोमा हो कि ? भनी सुझाव दिए ।

प्राञ्जलको व्रतबन्ध भोजको निम्तो, अलि दिन पहिले कार्ड बाँडेका थिए अन्य विवाहका कार्ड पनि आएका कुरा उनलाई राम्ररी सम्झना भइरहेको थियो ।

‘श्रीमान श्रीमतीको व्रतबन्धमा एकजना र बिहेमा एकजना निम्तो मान्न जाने बिहानको सल्लाहअनुसार तयार भएर गएकी थिइन् उनी।’

“उनले श्रीमानलाई फोन गरेर श्रद्धापूर्वक डाकिएको भोजमा सहभागी हुन नपाएकोमा असन्तुष्टि जनाइन् ।”

“श्रीमानले सम्बन्धित कसैको पनि फोन उठेन घरमा जाऊ त्यसपछि सोधपुछ गरौँला भनेर फोन राखे ।”

‘गरगहना, शृङ्गार पटारको झमेला,गरूङ्गा पोशाकको भार थाम्दै , भोजमा पुगेकी सृजना हास्यपात्र बनेको अनुभूति संगाल्दै घर फर्किन् ।’

“लोग्ने मान्छेहरू महिलाको दुख बुझ्दैनन् “सृजनाले रोष प्रकट गर्दै भनिन्।

“नरिसाऊ न सृजना ! त्यस्तो अबुझ कहाँ छु र म , तिमी पनि सँगसँगै छ्यौ त सल्लाह गर्ने समयमा ।” श्रीमानले सृजनाको रोषको प्रतिवाद गरे ।

कतै रिकल आइ हाल्छ कि भन्ने आश पनि गरेँ, तर आएन ।

अन्तमा उनी शयनकक्षतिर मोडिए त्यहाँ भेटिएको निमन्त्रणा पत्रले गुथ्थी खोलिदियो । उनी भित्रदेखि चिच्च्याए सृजु !…ए सृजु ! …भोज त २८ गते पो रहेछ, आज त २७ गते ।

०००
भैरहवा, रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धवृद्धा

वृद्धवृद्धा

सिर्जना खनाल
वृद्ध माया मिठो

वृद्ध माया मिठो

सिर्जना खनाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x