साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध माया मिठो

प्रेम नै विम्ब हो प्रेम सत्सङ्ग हो वृद्धमा छाउने भाव आनन्द हो। त्याग नै त्यागमा त्यागकै जिन्दगी वृद्धमाया मिठो सम्झिँदा मञ्जरी।

Nepal Telecom ad

सिर्जना खनाल :

बाबुआमा दुबै सृष्टि संसारका
ओजिला व्यक्ति हुन् ओज आचारका।
भक्त हुन् सृष्टिका कर्मले सुन्दर
भक्तिले झुक्दछन् सिर्जनाका भर ।१।

कर्म नै भोक हो भोक नै कर्म हो
देह गल्दै गए त्यो त सामान्य हो ।
कर्ममा लाग्नु नै आयुको मान हो
आयुमा जोतिने भाव सम्मान हो ।२।

ज्ञान प्राप्तार्थमा दु:ख सिंहासन
सोख नै हो कि झैँ अश्रुको आसन ।
चोटमा दर्दमा लुक्दछन् खै कहाँ
विघ्नबाधाविना हात पुग्छन् जहाँ ।३।

नेत्रमा नेत्र छन् दृष्टिको के कुरा
दृश्य सौन्दर्यले अग्लिने टाकुरा।
मन्द मुस्कानमा प्रस्ट छन् सन्तति
ढुक्क हुन् साथमा वृद्धका दम्पती ।४।

प्रेम नै विम्ब हो प्रेम सत्सङ्ग हो
वृद्धमा छाउने भाव आनन्द हो।
त्याग नै त्यागमा त्यागकै जिन्दगी
वृद्धमाया मिठो सम्झिँदा मञ्जरी।५।

०००
भैरहवा, रूपन्देही
(भक्तपुर बुढ्यौली साहित्य समाज अभ्यास)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छुटेको भोज

छुटेको भोज

सिर्जना खनाल
वृद्धवृद्धा

वृद्धवृद्धा

सिर्जना खनाल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x