फित्काैली डटकमसुसेली साहित्यिक परिवारको मासिक साहित्यिक गोष्ठी
अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईको स्वागत तथा सचिव कनक कार्कीको सन्चालनमा कार्यक्रम भएकाे हाे ।

झापा, २०८२ पुस ८ । सुसेली साहित्यिक परिवारको मासिक साहित्यिक गोष्ठीमा सम्पन्न भएकाे छ । अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईको स्वागत तथा सचिव कनक कार्कीको सन्चालनमा कार्यक्रम भएकाे हाे ।
कविहरु दुर्गाप्रसाद सिग्देल, मिना अधिकारी, मोहन पाठक, तुलसीप्रसाद भट्टराई, हरिनारायण भट्टराई, देशु वनेम, मातृका सङ्ग्रौला, गङ्गाप्रसाद ओली, स्नेहा खड्का, सुभद्रा भट्टराई, कनक कार्की, पुण्यप्रसाद खरेल लगायतले कविता सुनाउनुभयो ।
उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले सामान्यज्ञानका १२ प्रश्नहरु सोधेर धेरै उत्तर मिलाउने ३ जना स्रष्टाहरु गङ्गाप्रसाद ओली, हरिनारायण भट्टराई तथा मोहन पाठकलाई पुरस्कृत गर्नुभयो ।
कार्यक्रमको आखिरमा उपस्थित सबै स्रष्टाहरुलाई धन्यवाद आभार व्यक्त गर्दै अध्यक्षद्वारा कार्यक्रम समापन गर्नुभयो ।
उपर्युक्त व्यक्तिहरुका अतिरिक्त कार्यक्रममा सन्तोष आचार्य, खेम गौतम, कल्पना ओली, मुन्धुम लिम्बु, केशवी भट्टराई, प्रज्ञा भण्डारीलगायतको उपस्थिति थियो ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































