साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धा

बुढ्यौलीको माया प्राणमा प्राण भर्न निमोठ्दा सुर्ताले शान्तको भाव छर्न । परेमा आपत्ती प्रेमले जित्नमै छन् मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।

Nepal Telecom ad

सिर्जना खनाल :

फुलेका छन् सेतै काशको चाल केश
पिएका पीडाले प्रीत गाढा विशेष ।
खुलेका हाँसोमा प्रेमगाथा थपी झन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।१।

दिने अर्ती गर्छन् मिष्ठ बोली लवाज
यिनैले गर्छन् नै प्रेरणायुक्त राज।
कला पुर्ख्यौलीको हुन्न लाग्ने कता छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।२।

व्यथा बुझ्ने गुन्ने जन्मको सार बोध
भरोसाका बत्ती झल्ल पार्ने सुयोग।
परेवा जोडीको विम्ब साक्षात् यिनै छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।३।

उडे छोराछोरी दूरको देश ताकी
सबै पीडा छोप्दै बस्दछन् देव भाकी।
व्यथा आफ्नो सुन्ने साथले मक्ख पर्छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।४।

बुढ्यौलीको माया प्राणमा प्राण भर्न
निमोठ्दा सुर्ताले शान्तको भाव छर्न ।
परेमा आपत्ती प्रेमले जित्नमै छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।५।

०००
भैरहवा, रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छुटेको भोज

छुटेको भोज

सिर्जना खनाल
वृद्ध माया मिठो

वृद्ध माया मिठो

सिर्जना खनाल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x