साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सरोवरले ५० औँ श्रृङ्खलामा डेढ दर्जन स्रष्टालाई गर्‍यो सम्मान

अन्तर्राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा आफ्नो ५० औँ शृङ्खलामा हालसम्म कार्यक्रमहरुमा प्रमुख अतिथि भएका १८ जना स्रष्टालाई खादा र सम्मान पत्र प्रदान गरी सम्मानित गरेकाे छ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ माघ १० । नेपालमा खासगरेर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि विभिन्न साहित्यिक संघ, संस्थाहरुले थरि थरीका तरिकाबाट कार्यक्रम चलाउने गरेका छ्न्। त्यसमध्ये चन्द्रागिरी साहित्य सरोबर पनि एक हो।

चन्द्रागिरी साहित्य सरोबर, तीनथाना, काठमाडौंले हरेक महिनाकाे दाेस्राे शनिबार आयाेजना गर्दै आएकाे साहित्यिक कार्यक्रमकाे ५० औँ श्रृङ्खला उज्यालाेे सामुदायिक सिकाइ केन्द्र समेतकाे संयुक्त आयाेजनामा मुनाल क्लवकाे सभाकक्षमा सम्पन्न भएकाे हाे ।

अन्तर्राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा आफ्नो ५० औँ शृङ्खलामा हालसम्म कार्यक्रमहरुमा प्रमुख अतिथि भएका १८ जना स्रष्टालाई खादा र सम्मान पत्र प्रदान गरी सम्मानित गरेकाे छ।

सरोबरका संयाेजक गोपीचन्द्र कार्कीको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा पहिलो प्रमुख अतिथि नरनाथ लुइँटेलदेखि ५० औँ श्रृङ्खलाका प्रमुख अतिथि डा. रामप्रसाद ज्ञवालीसम्मकाे उपस्थित थियो।

काैशल्या लुइँटेलले सम्मानित गरिने स्रष्टाहरूकाे संक्षिप्त परिचय प्रस्तुत गर्नुभएपछि सराेवरका संयाेजक गाेपीचन्द्र कार्कीले खादा र प्रमुख अतिथि ज्ञवालीले सम्मानपत्र हस्तान्तरण गर्नुभएकाे थियाे । सम्मानित हुनेहरूमा आज उपस्थित प्रमुख अतिथि र बिगतका कार्यक्रममा भाग लिएका प्रमुख अतिथिहरुलाई सम्मान गरिको र उहाँहरूबाट कविता बाचन पनि गरिएको थियो।

सम्मानित हुनेहरूमा नरनाथ लुइँटेल, प्रा केशव सुवेदी, डा. मधुसूदन गिरी, भुवनहरि सिग्देल, लक्ष्मण गाम्नागे, डा. गाउँले बलदेव, डा. बालचन्द्र मिश्र, राम विनय, प्रा. यादव शर्मा, तेज प्रकाश श्रेष्ठ, लक्ष्मी माली र डा. रामप्रसाद ज्ञवालीको उपस्थिति थियो।

विगतका श्रृङ्खलामा प्रमुख अतिथि रहनुभएका डा. नवराज लम्साल, डा. रमेश शुभेच्छु, प्रा. अच्युत पराजुली, साहित्यकार हरिगोविन्द लुइँटेल, डा. गोपीन्द्र पौडेल र प्रा.कपिल अज्ञात उपत्याका बाहिर रहनु भएकाले समाराेहमा अनुपिस्थत रहे पनि उहाँहरूकाे सम्माानपत्र हस्तान्तरण गरिने जानकारी दिइएकाे थियाे ।

सम्मानितहरु मध्ये कवि नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, डा. बालचन्द्र मिश्र, राम विनय, लक्ष्मी माली, डा. गाउँले बलदेव, भूवनहरि सिग्देल र डा. रामप्रसाद ज्ञवालीबाट मन्तव्यसहित कविता वाचन गरिएको थियो।

युनेस्काेका निमित्त राष्ट्रिय आयाेगकाे सचिवालय एवम् शिक्षा, युवा तथा खेलकुद शाखा चन्द्रागिरी न.पा. र सराेवरकाे आरम्भदेखि अहिलेसम्म निरन्तर सहभागी भएर छन्दका कविता सिर्जना प्रस्तुत गर्दै आउनु भएका वयाेवृद्ध स्रष्टा हरिशरण आचार्यलाइ समेत कार्यक्रममा सम्मानित गरिएकाे थियाे ।

कार्यक्रमा विशिष्ट अतिथि युनेस्काे काठमाडाैंका शिक्षाप्रमुख ध्रुवराज रेग्मीले सम्मानित स्रष्टाहरूलाई बधाइ ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूमा युवा सहभागिता बढाउन विशेष जाेड दिनु भएकाे थियाे ।

प्रमुख अतिथि डा. ज्ञवालीले कवितामा विचार र सीप दुवै हुनुपर्ने बताउँदै विचार शून्यताले समाजलाई अराजकतातिर लैजाने हुँदा यसबारेमा साहित्यकारहरुले सहि दृष्टिकाेणका साथ कविता लेख्नु पर्ने बारेमा चर्चा गर्नु भएको थियो ।

स्थानीय साहित्यानुरागीहरूकाे उल्लेख्य सहभागिता रहेकाे कार्यक्रममा आफ्नाे अमूल्य समय दिएर उपस्थित भइ सम्मान ग्रहण गरिदिनु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दै सभापति गाेपीचन्द्र कार्कीले कार्यक्रम समापन गर्नु भएकाे थियाे ।

कार्यक्रम विमला महर्जन भणडारीले सञ्चालन गर्नु भएकाे थियाे ।

०००
राम विनयकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x