फित्काैली डटकमसाहित्यकार गाेपाल दाहालको कृति ‘जीवन यात्रा’ लाेकार्पित
प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराई,उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, पुस्तकका समीक्षक केशवप्रसाद रेग्मी, साहित्य कला सस्कृति प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेललगायतद्वारा कृति बिमाेचित ।

उर्लाबारी माेरङ, २०८२ माघ १० । नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा साहित्यकार गाेपाल दाहालको कविता कृति “जीवन यात्रा” लाेकार्पित भएको छ ।
प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराई,उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, पुस्तकका समीक्षक केशवप्रसाद रेग्मी, साहित्य कला सस्कृति प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेल, कविको आँगन साहित्य समुहकी सदस्य लक्ष्मीअच्युत ढुङ्गाना एवम् स्वयं कृतिकार गोपाल दाहालको हातबाट संयुक्त रुपमा लाेकार्पण गरिएकाे थियो ।
अतिथिहरु प्रतिभा निकेदनका अध्यक्ष कमलराज भट्टराई, पूर्व अध्यक्ष खेमलाल पाेखरेल, साहित्यकला सङ्गम दमक झापाका अध्यक्ष बिन्दु दहाल मूकदर्शक, इलाम साहित्य कला प्रतिष्ठानका अध्यक्ष जयनारायण भट्टराई, मिक्लाजुङ्ग साहित्य समाज मोरङका अध्यक्ष इन्द्रप्रसाद घिमिरे आदि हुनुहुन्थ्यो भने सभाको अध्यक्षता यज्ञ परिश्रमी, स्वागत भाषण रिता रिमाल र उद्घोषण युवराज काफ्लेले गर्नु भएको थियो ।
राधिका मा.वि. को सभाकक्षमा भएको उक्त कार्यक्रममा भगवती ढुङ्गेल, लक्ष्मी अचुत ढुंगाना, जयनारायण भट्टराई, मेघनाथ बन्धु आदिले बिमोचित कृतिबाट एक एक वटा कविता बाचन गर्नु भएको थियो ।
त्यसैगरी युग योगि राई, नयन श्रेष्ठ, विवेक दुलाल क्षेत्री आदिले आआफ्ना रचना प्रस्तुत गर्नु भएको थियो । कवि गोपाल दहालले आफ्नो कविता संग्रहबाट आफू अष्ट्रेलिया रहँदा, भारत रहँदा र नेपाल हुँदा लेखिएका संग्रहमा सङ्ग्रहित तीन कविता बाचन गर्नु भएको थियो।
कार्यक्रममा उपस्थिति निकै उत्साहप्रद देखिन्थ्यो । उक्त कार्यक्रममा उपस्थिति हुने अन्य श्रष्टाहरुमा हेम अधिकारी, यादवप्रसाद अधिकारी, झाँक्रीखोले, पदम वली, भुपेन्द्रराज तिमिल्सिना, टंक अाचार्य, ओम खनाल, कृष्ण उदाशी, दिलिप राई सगर, अम्बिका सापकोटा, कुमार पोख्रेल, टीका खड्का राष्ट्रप्रेमी, सुमन ब्राइ, मनोज बरायली लगायत हुनुहुन्थ्यो ।
०००
विवेक दुलाल क्षेत्रीको साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































