साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहराको मासिक शृङ्खला, प्रतिभा सम्मान र कृति लोकार्पण

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, नेप्रप्रका पूर्वसदस्य सचिव.डा. तुलसी भट्टराईको प्रमुख तथा गोविन्द घिमिरे वेदमणि, आर सि. रिजाल, वसन्त रिजाल, विमल अर्यालको विशेष आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ माघ १० । मनोहरा साहित्य समाजको १०९औं शृङ्खला, प्रतिभा सम्मान तथा कृति लोकार्पण कार्यक्रम ग्लोबल पब्लिक स्कूल (विश्व ज्ञान पाठशाला) को सभाकक्षमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, नेप्रप्रका पूर्वसदस्य सचिव.डा. तुलसी भट्टराईको प्रमुख तथा गोविन्द घिमिरे वेदमणि, आर सि. रिजाल, वसन्त रिजाल, विमल अर्यालको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव भावकेशर बरालले गर्नु भएको थियो ।

राष्ट्रिय गान, शहीदहरूको सम्झनामा मौन धारण प्रमुख अतिथि भट्टराईले हास्यव्यङ्ग्य साहित्यका अग्रज स्रष्टा पिंडालीको तस्बीरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएपछि संस्थाका अध्यक्ष अर्यालले प्रमुख अतिथि लगायत उपस्थित सबैलाई स्वागत गरी रचनावाचनको शुभारम्भ गर्नुभएको थियो ।

त्यस लगत्तै शुरुभएको पहिलोचरणको रचना वाचनको क्रममा राजेन्द्र कुमार बज्राचार्य, रामशरण न्यौपाने, ओम आचार्य, भावना न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, पदम दाहालले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा स्रष्टा बुद्धिसागर पौड्यालले सम्मान गरिने स्रष्टाद्वयको परिचय दिनुभएको थियो भने सम्पत काफ्लेले सम्मानपत्र वाचन गरेपछि प्रमुख अतिथि भट्टराईले अग्रज स्रष्टाहरू विष्णु प्रभातलाई पिंडाली हास्यव्यङ्ग्य सम्मान र ठाकुर शर्मा भण्डारीलाई मनोहरा राजेन्द्र विमल सम्मानबाट सम्मानित गर्नु भएको थियो ।

सोही कार्यक्रममा साहित्यकार डिल्लीराज अर्यालको ‘गोकर्ण आरुबारी र हामी’ शीर्षकको खण्डकाव्य कृतिको लोकार्पण मञ्चासीन अग्रज स्रष्टाहरूसहित प्रमुख अतिथिबाट भएको थियो भने काव्यको विशेषता, त्यसको भाषाशैली, छन्दसहित कृतिको साङ्गोपाङ्ग समीक्षा समीक्षक कविराज घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा सम्मानीत स्रष्टाहरूले आआफ्ना भनाइ राख्नुभएको थियो भने दीनानाथ पोख्रेल, प्रमना पौडेल, टीका मिलन, कृष्णप्रसाद पौड्याल, सूर्यप्रसाद डुम्रेले रचनावाचन गर्नुभएको थियो ।

स्रष्टाहरू रामप्रसाद पन्त, शीतल गिरी, आर सी रिजालको शुभकामना पछि प्रमुख अतिथि डा. भट्टराईले प्रमुख अतिथिको मन्तव्य राख्नुभयो । उहाँले आफ्नो मन्तव्यमा पहाडको स्रष्टाले तराईका अग्रज स्रष्टाको सम्मानमा पुरस्कारको स्थापना गर्नु आफैमा सामाजिक सद्भावको उदाहरण भएको कुरा बताउनु भएको थियो ।

पछिल्लो चरणमा सरिता दुलाल घिमिरे, धरणीधर गुरागाईं, ब्रह्मप्रिय प्रेमस्वरूप, केशव ज्ञवाली, दुर्गा घिमिरे, वसुन्धरा चौहान, दीपक श्रेष्ठ, लगायतका स्रष्टाले रचना वाचन गरेपछि उपाध्यक्ष जसध्वज गुरुङले धन्यवाद ज्ञापनसहित सभा सकिएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा मीठामीठा, स्तरीय छन्द तथा मुक्त कविता, मुक्तक, व्यङ्ग्य रचना, गीत, गजल, भजन, मन्तव्य र शुभकामना प्रस्तुत भएका थिए भने कार्यक्रमलाई स्रष्टाहरूको सम्मान, काव्य कृतिको लोकार्पणले भव्य बनाएको थियो ।

कार्यक्रममा खोदनाथ चापागाईं, छत्रभूषण दाहाल, अर्जुन आचार्य, चिरञ्जीवी रेग्मी, गङ्गाप्रसाद भेटवाल, कपिल अर्याल, विपना वाग्ले, कृष्ण वाग्ले, लक्ष्मी अर्याल, सीता अर्याल, लगायतका धेरै साहित्यानुरागी विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

०००
डिल्लीराज अर्यालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x