साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु बनेका सबका प्यारा

लेखनकार्य छ जति पनि सिद्ध जन्मेर चुँदी विश्व प्रशिद्ध अमृत पिएका अविरल धारा भानु बनेका सबका प्यारा ।

Nepal Telecom ad

सिर्जना खनाल :

नेपालीका घर आँगनमा
छाप बसाल्ने मन प्राङ्गणमा ।
पुष्पित बास्ना मगमग पारा
भानु बनेका सबका प्यारा ।१।

कृष्ण धनन्जय बाबु र बाजे
सक्षम पार्ने नाता ठाने ।
ज्ञान पिलाए निशदिन धारा
भानु बनेका सबका प्यारा।२।

आज्ञा गर्ने अधिक रहन्छन्
पालन गर्ने कुन कति हुन्छन्
अनुशासनमा अग्रिम सारा
भानु बनेका सबका प्यारा ।३।

भाषाशैली भाव शसक्त
छन्दकलाका मानवभक्त ।
दर्शन ठान्छौ ज्ञानसहारा
भानु बनेका सबका प्यारा।४।

लेखनकार्य छ जति पनि सिद्ध
जन्म छ सार्थक विश्व प्रशिद्ध ।
अमृत पिएका अविरल धारा
भानु बनेका सबका प्यारा ।५।

०००
भैरहवा , रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छुटेको भोज

छुटेको भोज

सिर्जना खनाल
वृद्धवृद्धा

वृद्धवृद्धा

सिर्जना खनाल
वृद्ध माया मिठो

वृद्ध माया मिठो

सिर्जना खनाल
0
Would love your thoughts, please comment.x
()
x