साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्त बाजेलाई पाँच ठोक्तक

'मम्मी-ड्याडी' नभने त बच्चालाई नै पाखे ठान्छन्, यहाँ ! 'एकदिन नारद सत्यलोक पुगिगया' भनी कण्ठ गर्ने नातिहरू, आज 'नो नेपाली प्लिज' भन्दै सिधै अमेरिका हान्छन्, यहाँ !

Nepal Telecom ad

लक्ष्मी रिजाल :

​१.
तपाईंले पाँच सय पचाउन नसक्दा त्यो खोर पाउनुभयो, बाजे !
तिर्खा लाग्दा पनि पानी नपाई हण्डर खाइनुभयो, बाजे !
आज भए करोडौँ पचाएर पनि भिआईपी सुइट मिल्थ्यो,
तपाईं त साह्रै सोझो भएर पो हत्कडी लाउनुभयो, बाजे !

​२.
अड्डा अदालतमा ‘भोलि भोलि’ भन्ने भोलानाथ अझै छन्, बाजे !
तपाईंको श्लोकले नसुध्रिएका हाकिमहरू बुरुक्क उफ्रिन्छन्, बाजे !
अहिले त तारेख धाउँदा-धाउँदा कपाल मात्र होइन,
तारेख दिने हाकिमका सात पुस्ता पनि बित्छन्, बाजे !

​३.
तपाईंले दुःख गरेर फलाएको भाषा बोल्न लाज मान्छन्, यहाँ !
‘मम्मी-ड्याडी’ नभने त बच्चालाई नै पाखे ठान्छन्, यहाँ !
‘एकदिन नारद सत्यलोक पुगिगया’ भनी कण्ठ गर्ने नातिहरू,
आज ‘नो नेपाली प्लिज’ भन्दै सिधै अमेरिका हान्छन्, यहाँ !

​४.
घाँसीले त कुवा खनाएर कीर्ति राख्ने विचार गरेछ, बाजे !
तपाईंको मनमा पनि कविताको मीठो रहर भरेछ, बाजे !
आजका नातिहरू कुवा होइन, सरकारी बजेटको इनार खन्छन्,
कीर्ति त थाहा भएन, आफ्नो बैंक ब्यालेन्स चाहिँ ह्वात्तै बढेछ, बाजे !

​५.
तपाईंले जेलमा बसेर रामायणका श्लोकहरू कोर्नुभयो, बाजे !
आरोप लाग्दा पनि कविताकै माला उन्नुभयो, बाजे !
अहिलेका कवि भए जेलबाटै टिकटक लाइभ बस्थे,
तपाईंले त श्लोक लेखेरै हाकिमको सातो लग्नुभयो, बाजे !

०००
२०८३/०३/२८
कञ्चनरूप-१२, रूपनगर, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x