साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो बचाओैँ अस्मिता

छन् रत्न खानी सम्पदा दामी हिमाली भेकमा खाद्यान्न बाली झुल्दछन् चाक्ला तराई फाँटमा लुट्ने छ आई शत्रुले साँच्चै हराए एकता भूभाग वैरी ताक्तछन् हाम्रो बचाओैँ अस्मिता।

Nepal Telecom ad

कल्पना अधिकारी :

चाहिन्छ राम्रो भावना भित्री छिमेकी साथमा
सम्बन्ध गाढा धारणा राखौँ शुभेच्छा आँतमा
लाचार बन्ने स्वार्थमा फस्ने न आऊन् बाध्यता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाओैँ अस्मिता।१।

देखेर हाम्रो खस्किँदो चाला बहाना पार्दछन्
तोडेर खम्बा सुस्तरी आफ्नो सिमाना सार्दछन्
हेरेर बस्छौँ लालसा बोकी भने हो मूर्खता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाओैँ अस्मिता ।२।

सन्तान हामी वीरका नामी छ ठाडो यो शिर
छौँ स्वाभिमानी कर्मले आफ्नै खुलेको तक्दिर
जोगाउने हो के गरी हाम्रो पुरानो सभ्यता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाओैँ अस्मिता।३।

गाँसेर माला सूत्रमा एकै चिनाओैँ देश यो
भाषा छ बेग्लै उच्च झन् आफ्नै चिनारी भेषको
आत्मीय नाता गाँस्नमा लागौँ न साधौँ शत्रुता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाओैँ अस्मिता।४।

छन् रत्न खानी सम्पदा दामी हिमाली भेकमा
खाद्यान्न बाली झुल्दछन् चाक्ला तराई फाँटमा
लुट्ने छ आई शत्रुले साँच्चै हराए एकता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाओैँ अस्मिता।५।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
वृध्द-पीडा

वृध्द-पीडा

कल्पना अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
0
Would love your thoughts, please comment.x
()
x