साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका कष्ट

आँगन बन्दछ जो परदेश काँस फुलेसरि फुल्दछ केश इन्द्रिय दुर्बल निष्क्रिय हुन्छन् ज्येष्ठहरू अति कष्ट सहन्छन्।

Nepal Telecom ad

कल्पना अधिकारी :

च्याप्छ अनेकन रोग बढेर
जाँगर मर्दछ शक्ति घटेर
बर्बर बर्बर आँसु बहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्। ।१।

डाक्टर भन्दछ वर्जित खान
जीवन बन्दछ लास समान
तैपनि हर्दम संयम हुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्। ।१।

आकुलव्याकुल पार्दछ भित्र
दिन्छ र को अब साथ पवित्र
चिन्तित भै सब दर्द कहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।।३।

धूमिल लोचन मन्द छ दृष्टि
कृत्रिम लाग्दछ सुन्दर सृष्टि
विस्मृति बढ्दछ सन्तति भुल्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।।४।

रूप विरूप छ दाँत झरेर
हेप्दछ जो पनि वृद्ध भनेर
सङ्कट पर्दछ कान न सुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्। ।५।

आँगन बन्दछ जो परदेश
काँस फुलेसरि फुल्दछ केश
इन्द्रिय दुर्बल निष्क्रिय हुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।६।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
वृध्द-पीडा

वृध्द-पीडा

कल्पना अधिकारी
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x