साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन् कर्मदाता पनि

सासू देवर नन्द, साथ ससुरा, आफन्त चिन्नू सबै। आएमा घर पाहुना हृदयले सम्मान गर्नू सधैँ। छोरी शिक्षित छौ सिपालु पनि छौ आलोक छर्नू तिमी। माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।

Nepal Telecom ad

कल्पना अधिकारी :

छोरी ! माइतमा हुँदा सुख थियो भन्दै नभन्नू तर ।
पार्नू गेह सुरम्य उज्ज्वल तिमी होस् मान्यमा आदर।
चर्को शब्द कतै कुनै समयमा गर्दै नगर्नू तिमी।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।१।

सासूबाट सिकेर कर्म घरको कर्तव्य सम्झी गर।
भावी काम छ के भनेर पहिल्यै सोध्नू भई तत्पर।
राख्नू इज्जत माइती र घरको सद्भाव भर्नू तिमी।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि।२।

बन्नू नित्य मिजासिली र हँसिली हुन्छन् सबै गद्गद।
राख्नू गेह सधैँ सफा र सुकिलो भद्दा नहोस् लत्पत।
पार्नू नित्य हराभरा सुनहरा पाखो पखेरो जिमी।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।३।

यी मेरै परिवार हुन् यति बुझी मिल्नू सबै साथमा।
अल्छी गर्न कदापि हुन्न तनया, लाग्नू छिटै कर्ममा ।
गर्नू फोन यदाकदा समयमा सम्झेर आमा भनी।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि।४।

सासू देवर नन्द, साथ ससुरा, आफन्त चिन्नू सबै।
आएमा घर पाहुना हृदयले सम्मान गर्नू सधैँ।
छोरी शिक्षित छौ सिपालु पनि छौ आलोक छर्नू तिमी।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।५।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
वृध्द-पीडा

वृध्द-पीडा

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x