साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबामुमा सुखी रहुन्

शब्दपुष्पले कहाँ सकिन्छ गर्न वर्णन। पाउमा झुकी सदा म गर्छु ढोग वन्दन। हेपिने र चेपिने कहीँ कतै हुँदै नहुन् । स्नेहले हँसाउने बुबामुमा सुखी रहुन्।

Nepal Telecom ad

कल्पना अधिकारी भट्टराई :

भेद भाव, यातना नहुन् बुबा मुमाप्रति
चाहना छ के भनी बुझुन् समस्त सन्तति
वेदना भुलून् सबै र आँसु हर्षका बहुन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहुन्।१।

व्योम बन्दछन् बुबा र मेदिनी मुमा बनी
होमिएर अग्निमा दिए अमोल जीवनी
ज्ञानमूर्ति विश्वका म मान्छु धन्य धन्य हुन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहुन्।२।

भोकमा र प्यासमा दिएर खान स्वादिलो
रोगमा र शोकमा गरेर ओखतीमुलो
शुद्ध खानपानले शरीर हृष्टपुष्ट हुन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहुन्।३।

गाउँमा समाजमा जहानमा र देशमा
योगदान गर्दछन् खटेर जो समग्रमा
आजका मनुष्यले अमूल्य त्याग सम्झियून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहुन्।४।

शब्दपुष्पले कहाँ सकिन्छ गर्न वर्णन।
पाउमा झुकी सदा म गर्छु ढोग वन्दन।
हेपिने र चेपिने कहीँ कतै हुँदै नहुन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहुन्।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x