साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब राज्य हाँक्न

यी हुन् उदाहरण वा उपमा सुपात्र कर्तव्यबोध, दृढता मनभित्र चित्र यो कार्यको कुशलता अब पर्छ सिक्न वृद्धाहरू सबल छन् अब राज्य हाँक्न।

Nepal Telecom ad

कल्पना अधिकारी :

सद्भाव साथ ममता सबमा दिएर
सङ्घर्षका दिनहरू पनि बिर्सिएर
छन् धीर कर्म पथमा, महिमा उकास्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।१।

उत्साह जोस मनमा दरिलो लिएर
सन्ताननिम्ति पसिना श्रम अर्पिएर
भन्छन् सधैँ प्रगतिको शिर पर्छ ताक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।२।

हुन्छन् निकै अनुभवी घरबार गर्न
सक्छन् अझै पनि खटी नव ज्योति छर्न
सम्मान आदर गरी नित पर्छ राख्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न।३।

कार्की सुशील पनकी प्र. म आज हेर
हेप्थे निकै पुरुषले लँगडी भनेर
निष्ठा असाध्य बलियो हुनुपर्छ आँट्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न।४।

यी हुन् उदाहरण वा उपमा सुपात्र
कर्तव्यबोध, दृढता मनभित्र चित्र
यो कार्यको कुशलता अब पर्छ सिक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
वृध्द-पीडा

वृध्द-पीडा

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x