साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नराम्ररी ढल्नु भएछ !

हेर्नुस् त उहाँलाई ईर्ष्याले कति सारो जल्नु भएछ !!, कसैको केही सुन्नै नचाहने रहेछ उहाँको स्वभाव ! आफ्नाहरूबाटै एक्लिएर अन्ततः डेरा बदल्नु भएछ !!

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

पहिले त उहाँ आफ्नै नियमानुसार चल्नु भएछ !
अहिले आएर रोग र शोकले निकै गल्नु भएछ !!

समयले पनि कोल्टे फेर्छ भनिन्छ, देख्नुभयो ?
पछुताएर आज हात आफ्नो बेस्सरी मल्नु भएछ !!

किन औडाहा छुट्छ मान्छेलाई अरूको प्रगतिमा !
हेर्नुस् त उहाँलाई ईर्ष्याले कति सारो जल्नु भएछ !!

कसैको केही सुन्नै नचाहने रहेछ उहाँको स्वभाव !
आफ्नाहरूबाटै एक्लिएर अन्ततः डेरा बदल्नु भएछ !!

बैगुनीलाई गुनलेनै जित्ने प्रयासमा थिएँ म चाहिँ !
तर अफसोस ! उहाँ त अस्ती नराम्ररी ढल्नु भएछ !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
कस्तो यो अजीव दृश्य

कस्तो यो अजीव दृश्य

ज्ञानुवाकर पौडेल
भो पुग्यो नेताजी

भो पुग्यो नेताजी

ज्ञानुवाकर पौडेल
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x