साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव

सत्रको अध्यक्षता पीठाध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले गर्नुभएको थियो भने आतिथ्यता प्रा.डा.नारायण गड्तौला, भवानी क्षेत्री, शुकराज दियाली, पुण्यप्रसाद खरेललगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

झापा । शङ्कराचार्यपीठ, साधुटारद्वारा आयोजित त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवको अन्तिम तेस्रो दिनको कार्यक्रम सम्पन्न भयाे ।

आजका कार्यक्रमका दुई सत्र थिए । पहिलो सत्र थियो “समसामयिक नेपाली कविताका प्रवृत्ति” विषयको डा.दीपकप्रसाद न्यौपानेको, यस्तै “हिमाल साहित्य र पर्यटन सन्दर्भमा कोशी प्रदेश” विषयको महेश पौडेलका कार्यपत्रहरु तथा डा.कर्णाखर खतिवडा र प्रा.डा.देवी नेपालसमेतका सम्भाषणको कार्यक्रम ।

यस सत्रको अध्यक्षता पीठाध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले गर्नुभएको थियो भने आतिथ्यता प्रा.डा.नारायण गड्तौला, भवानी क्षेत्री, शुकराज दियाली, पुण्यप्रसाद खरेल, डा.देवी नेपाल, सीतादेवी क्षेत्री (मणिपुर) आदिले ।

विवश वलिभद्र कोइरालाले सञ्चालन तथा स्वागत डा.गोपीकृष्ण खतिवडाले गर्नुभएको थियो । विद्वान व्यक्तिहरुबाट प्रस्तुत कार्यपत्र तथा सम्भाषण उपयोगी, गहन र महत्वका थिए ।

पहिलो कार्यपत्रको टिप्पणी शिव प्रणत रेग्मीले गर्नुभएको थियो । स्रोताहरुले कार्यपत्र एक–एक प्रति उपलब्ध गराएको भए झन् उपयोगी बन्थ्यो भन्ने प्रतिक्रिया व्यक्त गर्नुभयो ।

कार्यक्रमको बीचबीचमा कविहरु अजम प्रधान, शुकराज दियाली, रोमनाथ ढुङ्गेल, चिरञ्जीवी काफ्ले, अजय खड्का आदिले कविता वाचन गर्नुभयो ।

यस्तै दोस्रो सत्र सम्मान तथा समापन कार्यक्रम थियो । यो पछिल्लो कार्यक्रमको सन्चालन लीला अनमोलले, अध्यक्षता पीठाधीश लक्ष्मीप्रसाद खतिवडाले, प्रमुख आतिथ्य कोशी प्रदेश वन तथा पर्यटन मन्त्री भीमप्रसाद पराजुलीले गर्नुभएको थियो ।

प्रा.डा. देवी नेपाल, प्रा.डा. नारायण गड्तौला, डा.कर्णाखर अधिकारी, महेश पौडेल, डा.दीपकप्रसाद नेउपाने, भवानी अधिकारी (मणिपुर), विनोद खनाल (आसाम), प्राज्ञसभासद मुनाराज सेर्मा, कुमार भट्टराई, पुण्यप्रसाद खरेल, पिनाकीप्रसाद कोइरालाआदिलाई मञ्चासिन गराएर सुरु भएको कार्यक्रममा धन्यवाद–आभार व्यक्त गर्नुभयो डा.गोपीकृष्ण खतिवडाले ।

पिनाकीप्रसाद कोइरालाले हँस्यौली रुपमा आफ्नो प्रस्तुति गरेर सुरु भएको कार्यक्रममा भारतीय नेपाली साहित्यकारहरु भवानी अधिकारी तथा विनोद खनाललाई सम्मान पत्र तथा खादा ओडाएर सम्मान गरिएको थियो भने भूवन लुईंटेल तथा शोभा कोइरालालाई खादा ओडाएर सम्मान गरिएको थियो ।

मनु मञ्जिल, कुमार भट्टराई तथा मुनाराज सेर्माद्वारा संक्षिप्त मन्तव्य तथा कविता प्रस्तुत भए भने प्रमुख अतिथि मन्त्री भीमप्रसाद पराजुलीले शुभकामना मन्तव्य राख्तै यस्ता कार्यक्रमहरुलाई आफू सक्तो सहयोग गर्ने विचार राख्नु भयो ।

उल्लिखित व्यक्तित्वका अतिरिक्त स्रष्टाहरु केशु विरही, गणेश निरौला, जय भण्डारी, टङ्क काफ्ले, कनक कार्की, कल्पना ओली, लीलाप्रसाद अधिकारी, कृष्ण सुवेदी ‘निराकार’, देवीचरण भण्डारी, चित्रा पौडेल, दुर्गा अधिकारी भेटवाल, मदन अधिकारी, गोविन्द पौडेल, दीपक सुवेदी, पुण्य बराल, शिवकुमार पौडेल, शान्ता उप्रेती, भवानी गौतम, देवीभक्त श्रेष्ठलगायत नेपाल र भारतका सयौं स्रष्टा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x