साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार–गोष्ठी

प्रा.डा. सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. वीणा पौडेलले ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयमा प्रवचन प्रस्तुत गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार–गोष्ठी सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्रा.डा. सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. वीणा पौडेलले ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयमा प्रवचन प्रस्तुत गर्नुभएको थियो ।

प्रवचनमा आचार्यले नेपालको इतिहास अनुसन्धान, लेखन तथा दस्तावेजीकरणमा पुर्‍याएको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठले टिप्पणी प्रस्तुत गर्दै बाबुराम आचार्यले नेपाली इतिहास लेखनको क्षेत्रमा पुर्‍याएको योगदान र त्यसको समकालीन महत्वबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न विद्वान, अनुसन्धानकर्ता, इतिहासप्रेमी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहनुका साथै कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ परिषद्का सदस्यहरूको वाक्लाे उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपाली इतिहासको अध्ययन, अनुसन्धान र दस्तावेजीकरणमा पुर्‍याएको योगदान अमूल्य रहेको बताउनुभयो ।

उहाँले आचार्यका कृतिहरूले नेपाली इतिहासको वास्तविक स्वरूप उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहास अध्ययनतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यस्तै, कार्यक्रमका सभापति प्रा.डा. सुरेन्द्र केसीले बाबुराम आचार्य नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँका अनुसन्धान र लेखनले नेपालको इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न ठूलो योगदान पुर्‍याएको बताउनुभयो । उहाँले इतिहासको अध्ययनलाई अझ गहिरो र प्रमाणमा आधारित बनाउन आचार्यका कृतिहरू आज पनि मार्गदर्शक रहेको धारणा व्यक्त गर्नुभयो ।

सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्वका रूपमा परिचित इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको इतिहासको खोज, अध्ययन र अभिलेखीकरणमा पुर्‍याएको योगदान अतुलनीय रहेकाे बताउनु भयाे ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहासलेखनमा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव श्री बाबुराम आचार्यले गर्नुभएको थियो ।

०००
दुर्बिन शर्मा ‘विवेक’काे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x