साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नसम्झ सासू , किन बन्दिनन् मुमा

नहेप वृद्धा कमजोर छन् भनी सुसार गर्नू तनया स्वयं बनी सजाउँछिन् शीघ्र तिनी हियारमा नसम्झ सासू ,किन बन्दिनन् मुमा।

Nepal Telecom ad

कल्पना अधिकारी भट्टराई :

विचारको अन्तर हो म मान्दछु
मुमा र सासू म समान ठान्दछु
खुलस्त राख्नू सुविचार साथमा
नसम्झ सासू , किन बन्दिनन् मुमा।१।

बुझेर माया ममता गरेपछि
दुवै जनामा समता भएपछि
हुनेछ शोभा परिवार साथमा
नसम्झ सासू ,किन बन्दिनन् मुमा।२।

मुसुक्क हाँसेर सदैव बोल न
विनम्रता साथ मिठास घोल न
हुँदा विरामी नित छाम माथमा
नसम्झ सासू ,किन बन्दिनन् मुमा।३।

पियाउँछिन् ज्ञान सुधा सकेजति
चिनाउँछिन् जो कुल धर्म संस्कृति
सिकाउँछिन् बाँच्न अभाव भावमा
नसम्झ सासू ,किन बन्दिनन् मुमा।४।

नहेप वृद्धा कमजोर छन् भनी
सुसार गर्नू तनया स्वयं बनी
सजाउँछिन् शीघ्र तिनी हियारमा
नसम्झ सासू ,किन बन्दिनन् मुमा।५।

बनेर लक्ष्मी धनधान्यले भरी।
उघार ढोका मनको सधैँभरि।
महत्त्व बढ्ने छ निकै समाजमा
नसम्झ सासू ,किन बन्दिनन् मुमा।५।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
वृध्द-पीडा

वृध्द-पीडा

कल्पना अधिकारी
विवेक बुद्धिमा चलून्

विवेक बुद्धिमा चलून्

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x