फित्काैली डटकमलोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिलाई
समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरू श्रीओम श्रेष्ठ "रोदन" र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेको थियो ।

काठमाडाैं । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि.सं २०८२ को लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको खबर छ ।
सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
सो पुरस्कारका लागि समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरू श्रीओम श्रेष्ठ “रोदन” र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेको थियो ।
साहित्यकार सायमिका जि छकू नालिस भोँ (नेपालभाषा कवितासंग्रह), तिकिनंगु मि, प्रेशरकूकरया चिल्लाय् (नेपालभाषा कविता संग्रह), सिमाह: व मेमेगु बाखं (कथासंग्रह – अँग्रेजीबाट नेपालभाषामा अनुवाद), पाइलाहरुमै सडक (नेपालभाषाबाट नेपाली भाषामा अनुवाद), लिफ: (नेपालभाषा प्रवन्धसंग्रह), रंग दुने प्रतिसरा (नेपालभाषाका कविताहरुमा कोरिएका चित्रहरुको संगालो), नेवा: खँग्व:या पिला (सहलेखन- नेपालभाषाका विविध शव्दहरुको संगालो), गुरुवर कवि पूर्ण वैद्यज्यूको साहित्यिक भीमरथारोहणको सम्झना संगालो (सहलेखन), लुमन्तिया खुसिबालय् बाबा विभूषण (नेपालभाषाका कथाहरु – नेपालीमा अनुवाद), Towards the horizon (कुलां थिइगु कुतलय् – नेपालभाषाका कविताहरुको अँग्रेजी अनुवाद संग्रह) र लुमन्ति (सम्पादन), पूर्ण वैद्यया साहित्यिक रचना (सह सम्पादन) तथा गीति सि.डी. अल्बमहरु उनैको यादमा, तिकि – नुग:या लसय् , तिकि तिकि र स्वतिकि लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।
वि. सं. २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा यो पुरस्कारको स्थापना गरेकी हुन् ।
०००
समाचार श्राेत :शब्दपथ
Subscribe
Login
0 Comments
Oldest








































