साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाहा छैन

तेरो मेरो आफ्नो पराई भन्नु बेकार छ कुन बेला जिन्दगी कोल्टिन्छ थाहा छैन । अशान्तिको आगो बल्यो जताततै अहिले समस्या यो के गरेर सल्टिन्छ थाहा छैन ।

Nepal Telecom ad

मरुभूमि नारायण :

यो पालि कुन नेता गुल्टिन्छ थाहा छैन
कति बेला मैदानमै पल्टिन्छ थाहा छैन ।

खान नि सिनोसम्म बाकी नराखी खाए
त्यो पनि कुन बेला उल्टिन्छ थाहा छैन ।

यिनीहरुको आनीबानी सबै उल्टो भयो
सिल्टिमुर खान्छ या सुल्टिछ थाहा छैन ।

पैसाकै लागि पछि पछि लाग्दछ मान्छे
खै कति बेला कहाँ ढल्किन्छ थाहा छैन ।

भाग्यको लेखा पनि विचित्रकै हुँदोरहेछ
यो तालु कति बेला टल्किन्छ थाहा छैन ।

तेरो मेरो आफ्नो पराई भन्नु बेकार छ
कुन बेला जिन्दगी कोल्टिन्छ थाहा छैन ।

अशान्तिको आगो बल्यो जताततै अहिले
समस्या यो के गरेर सल्टिन्छ थाहा छैन ।

हेरिबस्छु शान्ति आउने विश्वास जगाएर
कुन बेलामा आँसु छचल्किन्छ थाहा छैन ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x