फित्काैली डटकमकमला साहित्य कला समाजको रचना वाचन कार्यक्रम
कार्यक्रमको अध्यक्षतामा गणेश तिमल्सिना गति रहँदा, प्रमुख अतिथिहरूमा गौरीशङ्कर मिथिला वाङ्गमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे (अग्निकवज), सिस्नोपानी नेपाल, महोत्तरीका अध्यक्ष नारद काफ्ले लगायत हुनुहुन्थ्याे ।

धनुषा । गणेशमान चारनाथ नगरपालिका–५, सखुवनी, हरिहरेश्वर मन्दिर परिसरमा कमला साहित्य कला समाज धनुषाद्वारा आयोजित साहित्य रचना वाचन तथा फागु पूर्णिमाको शुभकामना आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षतामा गणेश तिमल्सिना गति रहँदा, प्रमुख अतिथिहरूमा गौरीशङ्कर मिथिला वाङ्गमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे (अग्निकवज), सिस्नोपानी नेपाल, महोत्तरीका अध्यक्ष नारद काफ्ले, ओमकार टेलिभिजनका पत्रकार जीवनराज दाहाल, राष्ट्रिय फूलकुमारी माविका प्र.अ. भानुभक्त गौतम र कमला एकादशी समूहका आमा दिदीबहिनीहरू उपस्थित थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई खादा र सम्मानपत्रमार्फत सम्मानित गर्दै, कमला साहित्य कला समाजको ब्याच वितरण गरियो ।

साहित्य रचना वाचन कार्यक्रममा कमला साहित्य कला समाजका सदस्य मुकेश यादव, किशोर ऐँ, महेश महतो, सुमन अधिकारी, गोविन्द खड्का, साथै प्रमुख अतिथिहरू प्रेम घिमिरे, नारद काफ्ले, जीवनराज दाहाल ले आफ्ना रचनाहरू वाचन गरे।
भजन गायनमा सुलेखा गिरि, विमला उपाध्याय, लिलामाया खड्का र अन्य सदस्यहरूको सहभागिता रहेको थियो। साथै, भजनमा साथ दिने समूहमा नन्दमाया गिरि, रौसनी कुमारी, सुन्दरी बस्नेत, पुष्पा खड्का, हिरादेवी पौडेल, लक्ष्मी पौडेल, पद्मा रेग्मी, पद्मा देवी अधिकारी, फलेन्द्र खड्का, सुमित्रा खत्री, सरिष्मा खड्का, निता गिरि, सविता बस्नेत, लक्ष्मी बस्नेत, मनोज कुमार भट्टराई रहेका थिए।
कार्यक्रमको विशेष अंशमा अध्यक्ष गणेश तिमल्सिना गति र कोषाध्यक्ष गोविन्द खड्काद्वारा पत्रकार तथा साहित्यकार जीवनराज दाहाललाई मुक्तक सङ्ग्रहको देशविदेशमा प्रचार–प्रसारमा खेलेको योगदानको लागि सम्मानपत्र र गम्छा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्षले सम्पूर्ण उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मुक्तक सङ्ग्रहका तीन रचना श्रवण गराएर चिया खाजासहित बिदाइ गरेका थिए।
०००
-जीवन दाहालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































