फित्काैली डटकमसाहित्यकार खरेलकाे चाैथाे कृति ‘यात्रा जिन्दगीकाे’ प्रकाशित
पुस्तकमा वरिष्ठ साहित्यकार तथा समालाेचक प्रा डा गाेविन्दराज भट्टराईले गहन भूमिका लेख्दै भनेका छन् - अघिल्ला खण्डलाई मैले पनि आत्मपरक आख्यान हाे भने याे त्यसैकाे क्रम लेखन हाे ।

काठमाडाैं । कवि – साहित्यकार महेशराज खरेलकाे चाैथाे कृति आत्मकथात्मक उपन्यास ‘यात्रा जिन्दगीकाे’ (भाग दुई) बजारमा आएकाे छ । साझा प्रकाशनले यस पुस्तकलाई बजारमा ल्याएकाे हाे ।
पुस्तकमा वरिष्ठ साहित्यकार तथा समालाेचक प्रा डा गाेविन्दराज भट्टराईले गहन भूमिका लेख्दै भनेका छन् ”अघिल्ला खण्डलाई मैले पनि आत्मपरक आख्यान हाे भने याे त्यसैकाे क्रम लेखन हाे ।
मैले सन् २०२२ कि नाेबेल पुरस्कार बिजेता फ्रान्सेली स्रष्टा आनी आर्नाेकाे ‘आमाकाे कथा’ नामक उपन्यासिका पढेँ । त्याे उनकी आमाकाे जीवन र सँगसँगै आफ्नाे अनुभूति थियाे । उनले अन्त्यमा भनिन् ‘ आख्यान जस्ताे तर हाम्रा पालाकाे इतिहास, सामाजिक र राजनीतिक सबैथाेक मिसिएका कुरा । यसै बिच मेरी आमा र म पनि संघर्षपूर्ण स्थितिमा बाँचेकाे कथा हाे ।’ त्यसैले म भन्छु – महेशकाे पनि त्यस्तै हाे ।”
महेशराज खरेल बहुआयमिक स्रष्टाकाे रुपमा देखिएका छन् । उनले बहु विधामा कलम चलाएका छन् । उनकाे पहिलाे कृति ‘मनकाे किरण’ कविता सङ्ग्रह २०७७ सालमा प्रकाशित भएकाे हाे ।
त्यसयता उनकाे दाेस्राे कृति आत्मकथात्मक उपन्यास ‘यात्रा जिन्दगीकाे’ (भाग एक) २०७९ मा प्रकाशित भयाे । तेस्राे कृतिकाे रुपमा खरेलकाे ‘देश विदेश’ नियात्रा संग्रह २०८१ सालमा प्रकाशित भएकाे छ ।
त्यस बाहेक खरेलका विभिन्न पत्रपत्रिकामा फुटकर कविता, मुक्तक, हाइकु, निबन्ध, संस्मरण, जीवनी परक लेख, पुस्तक समीक्षालगायत दर्जनाै रचना नियमितजसाे प्रकाशित हुने गरेका छन्।
३६० पृष्ठकाे यस पुस्तककाे मूल्य ६४० रहेकाे छ ।
०००
Subscribe
Login
0 Comments
Oldest








































