फित्काैली डटकमशिवपुरी साहित्यको गुन्द्रुक-मकै- भटमास कार्यक्रम सम्पन्न
सभापतित्व, वरिष्ठ साहित्यकार डा. तुल्सीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वियोगी बुढाथोकी र धन्यवाद ज्ञापन शंकर भारतीले गरेका थिए ।

काठमाडाैं । शिवपुरी सन्देश, साहित्यिक त्रैमासिक तथा शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसरमा गुन्द्रुक- मकै-भटमासको स्वादका साथमा स्रष्टासम्मान तथा रचना वाचन गरेर मनाइयो ।
शिवपुरी सन्देशको १११ पूर्णांकको सभापतित्व, वरिष्ठ साहित्यकार डा. तुल्सीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वियोगी बुढाथोकी र धन्यवाद ज्ञापन शंकर भारतीले गरेका थिए ।
कार्यक्रममा ‘विष्णुपुष्पा साहित्यिक पत्रकारिता सम्मान’ नव प्रज्ञापनका सम्पादक नवराज रिजाल, गौरी कार्की ‘मुक्तक सम्मान’ सुशीला पौडेल, ‘नरबहादुर भारती सम्मान’ शैलेन्द्र साकार, ‘मानशोभा प्रतिभा सम्मान’ प्रा.डा. लालमणि पाण्डेय, ‘शिवपुरी गजल सम्मान’ आंचलकुमार शर्मा, ‘शिवपुरी विष्णुकृष्ण बुढाथोकी सम्मान’ राम सन्जेललाई प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले मन्तव्य व्यक्त गरेपछि कविहरू विमल बैद्य, बद्री उप्रेती, बमबहादुर डिसी, दुर्गाकिरण तिवारी, आंचलकुमार शर्मा, उत्तम विचार, श्रीरामसिंह बस्नेत, अरूण खत्री ‘नदी’, राजेशमान के.सी, सुमन थापा ‘संगम’, मदन नेपाल, सुष्मा आचार्य, प्रमोद नेपाल, विसु कुमार के.सी, शोभा अधिकारी, केशव ज्ञवाली, सुशीला पौडेल, सुधिर उपाध्याय, लव खड्का, अन्जना पौडेल चरिमाई, माया थापा, प्रकाश तिवारी, लीलामाया ढकाल, राम सन्जेल, संगम सापकोटा, रूपा रिसाल र तुल्सीराम पुडासैनीलगायतले रचना वाचन र मन्तव्य व्यक्त गरेका थिए ।
सम्मानित स्रष्टाहरूको संक्षिप परिचय साहित्यकार विनोद नेपालले गराएका थिए ! कार्यक्रममा वाचित रचनाहरूको मूल्यांकन प्रा. डा, भरतप्रसाद भट्टराई, भीमप्रसाद काफ्ले र कपिल अज्ञातले गरेका थिए । निर्णायकको निर्णय अनुसार कवि शोभा अधिकारीलाई संस्थापक वियोगी बुढाथोकीले रू. १००५ नगद प्रदान गरेका थिए ।
कार्यक्रममा बर्मेली कवि मोहनराज खनालले पठाउनु भएको कविता विष्णुबहादुर सिंहले कार्यक्रममा वाचन गरेका थिए ।
चेतनपथ माधवले सञ्चालन गरेको कार्यक्रममा प्रकाश घायलको सक्रियता उल्लेख्य रह्यो ।
शिवपुरी सन्देश निवासको तर्फबाट उपस्थित ९२ जना साहित्यकार, पत्रकारलगायत उपस्थित सबैप्रति एकमुष्ट धन्यवाद ज्ञापन गरिएको थियो !
०००
अमर अधिकारीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































