साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्षितिज फटाउदै रङ्गाएको आकाश

मैले च्वार च्वार च्यातेको छु क्षितिज क्षितिजदेखि क्षितिजसम्म लिपेको पनि छु। त्यसैले त निलाम्मे छ आकाश, अनित क्षितिजका रेखाहरु अटाउँछ्न् मेरा आँखामा।

Nepal Telecom ad

लोक सुब्बा :

लिपेर आकाश नौलो सुनौलो
पोतेर क्षितिजदेखि क्षितिजसम्म
यौटा संकेत
यौटा चेतना,
धर्तीभरि प्रतिबिम्वित त्यसका उत्प्रेषण
धर्तीका सजीवतालाइ वौराउन
मैले दुई औंलाहरुले
सिङ्गो आकाश पोतेको छु।

छाँया मात्र भएर दौडन्छन् मान्छेका अस्तित्व
यता कतै
मनको चारैतिर
मनका सवै छेउ।

ओझेलका निश्चल दहहरुमा पनि
आफ्नो अनुहार देखिन्न निर्जीवताको खिलाफ मान्छेको
मान्छे भित्रको कृत्रिम दुर्गमता तोड्ने जंगमा उसलाई
उनी आफूभित्रको दुर्वल दुर्वोध अभिब्यन्जना
साँघुरो ‘म’बाट च्यातेर क्षितिजका रेखाहरु
आँफैभित्र अटाउन नसकेको आफ्नो कटुता
वस्तुत:
सत्यम भनेर ।

मैले च्वार च्वार च्यातेको छु क्षितिज
क्षितिजदेखि क्षितिजसम्म लिपेको पनि छु।
त्यसैले त निलाम्मे छ आकाश,
अनित क्षितिजका रेखाहरु
अटाउँछ्न् मेरा आँखामा।

०००
बर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नशा

नशा

लोक सुब्बा
कुम्भकर्ण

कुम्भकर्ण

लोक सुब्बा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x