साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद हुने रहर मरेपछि

ती कदमहरू कति सहज ? कति आनन्दपूर्ण ? कति स्वतन्त्रता ? कति मुक्तिपूर्ण ? कति मिठो जिन्दगीजस्तो ? हावामा, भुइँमा, कपालमा, आँखामा, छेउछाउका मानिसका भाकाहरूमा ।

Nepal Telecom ad

लाेक सुब्बा :

जिन्दगीको अर्कै अर्थ आयो
आजकल बाटोमा
एकजना हिँड्दै गर्दा अर्कोलाई
अप्ठ्यारो पर्यो कि हौ भन्दा छोएर आयो ।
अनायासै मुक्तिको भावना आयो
आफैं शहीद हुनुपर्छ भन्ने
सोचाइबाट मुक्ति भएपछि
रत्नपार्कमा ठेलागाडीको समोसा खाँदाखेरिको
मनभरीको मुक्ति महसुस भयो ।
यस्ताे गहन विषय तिमी त्यसबेला मात्र बुझ्छाै
जब तिमी आफैँले आफैँलाई मुक्ति दिन्छाै ।

आफूलाई शहीद सम्झदै जिउने मान्छे
जब खुशीले, आत्मविभोरले, उमङ्गले
यता उता केही नहेरी
रत्नपार्कमा खुल्लम खुल्ला उभिएर
एक सोली चट्पटे वा चना
एक्लै सुसेली मार्दै
एक एक दाना कुरुम्‌कुरुम् टोक्दै
त्यो असहज, बिरसिलो
मनभरीको भारी फ्याँकेपछि
त्यो चना
त्यो रानीपोखरी
त्यो रत्नपार्क
त्यो घण्टाघर
ती कदमहरू कति सहज ?
कति आनन्दपूर्ण ?
कति स्वतन्त्रता ?
कति मुक्तिपूर्ण ?
कति मिठो जिन्दगीजस्तो ?
हावामा, भुइँमा, कपालमा, आँखामा,
छेउछाउका मानिसका भाकाहरूमा ।।

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ramesh Paudel
Ramesh Paudel
2 years ago

दाजुकाे रचना मर्मस्पर्शी छ ।ि

Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
1
0
Would love your thoughts, please comment.x
()
x