सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शहीद हुने रहर मरेपछि

ती कदमहरू कति सहज ? कति आनन्दपूर्ण ? कति स्वतन्त्रता ? कति मुक्तिपूर्ण ? कति मिठो जिन्दगीजस्तो ? हावामा, भुइँमा, कपालमा, आँखामा, छेउछाउका मानिसका भाकाहरूमा ।

Nepal Telecom ad

लाेक सुब्बा :

जिन्दगीको अर्कै अर्थ आयो
आजकल बाटोमा
एकजना हिँड्दै गर्दा अर्कोलाई
अप्ठ्यारो पर्यो कि हौ भन्दा छोएर आयो ।
अनायासै मुक्तिको भावना आयो
आफैं शहीद हुनुपर्छ भन्ने
सोचाइबाट मुक्ति भएपछि
रत्नपार्कमा ठेलागाडीको समोसा खाँदाखेरिको
मनभरीको मुक्ति महसुस भयो ।
यस्ताे गहन विषय तिमी त्यसबेला मात्र बुझ्छाै
जब तिमी आफैँले आफैँलाई मुक्ति दिन्छाै ।

आफूलाई शहीद सम्झदै जिउने मान्छे
जब खुशीले, आत्मविभोरले, उमङ्गले
यता उता केही नहेरी
रत्नपार्कमा खुल्लम खुल्ला उभिएर
एक सोली चट्पटे वा चना
एक्लै सुसेली मार्दै
एक एक दाना कुरुम्‌कुरुम् टोक्दै
त्यो असहज, बिरसिलो
मनभरीको भारी फ्याँकेपछि
त्यो चना
त्यो रानीपोखरी
त्यो रत्नपार्क
त्यो घण्टाघर
ती कदमहरू कति सहज ?
कति आनन्दपूर्ण ?
कति स्वतन्त्रता ?
कति मुक्तिपूर्ण ?
कति मिठो जिन्दगीजस्तो ?
हावामा, भुइँमा, कपालमा, आँखामा,
छेउछाउका मानिसका भाकाहरूमा ।।

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ramesh Paudel
Ramesh Paudel
7 months ago

दाजुकाे रचना मर्मस्पर्शी छ ।ि

Nepal Telecom ad
जूनकिरी !

जूनकिरी !

लोक सुब्बा
दुई शब्द

दुई शब्द

लोक सुब्बा
अल्जाइमर्स

अल्जाइमर्स

लोक सुब्बा
बेइमानी

बेइमानी

बिन्दु दहाल ‘मूकदर्शक’
ह्वाँहाेरु

ह्वाँहाेरु

होम सुवेदी
बलेको आगाे

बलेको आगाे

डा. छायादत्त न्यौपाने ‘बगर’
मिसन– ८४

मिसन– ८४

हरि कोर्काली
चाकरी

चाकरी

कुमार खड्का
1
0
Would love your thoughts, please comment.x
()
x