साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुम्भकर्ण

हामी अरुले सिन्दुर र माला लाएर भगवानको रूप दिएपछि भोलि, हामी आफै त्यहाँ सिन्दूर अनि अर्चनाका थाली लिएर आफैलाई आफ्नो भाग्यको थाली माग्न जान्छौँ !

Nepal Telecom ad

लोक सुब्बा :

कुम्भकर्ण
आधा दिन, आधा वर्ष
अरुलाई नभनी
झसक्क झसक्क उत्तानो पर्ने बितिक्कै
आधा वर्ष सुत्थ्यो रे !
अनि
आधा निन्द्रामा उठेर
खाना खोज्दै
सबको घर चाहार्थ्याे रे !
ऊ
कैलाशको छेउको
कुम्भकर्ण भएछ
सुतेर नै जिन्दगी बिताएथ्यो रे !

हामी यस्तालाई आज
निद्रा नलाग्ने महारोगी भन्छौं
फेरि, यस्तोलाई पनि त
कसैकसैले पूजा त गर्नु पर्याे नि आखिर
हाम्रो, पूजा गर्ने बाँच्ने शैली न हो
आखिर बानीको कुरा न हो !

जे जहाँ पनि
मन पर्ने बितिकै
पूजा भने गरिहाल्छौं नि आखिर !
ढंग मिलोस्, या न मिलोस्
अरूले मन पराइदिए
आफ्नै खुट्टामा ठेस लागेर
रगत चुहिएको ढुङ्गामा पनि
हामी अरुले सिन्दुर र माला लाएर
भगवानको रूप दिएपछि
भोलि, हामी आफै त्यहाँ
सिन्दूर अनि अर्चनाका थाली लिएर
आफैलाई
आफ्नो भाग्यको थाली माग्न जान्छौँ !

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x