सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हैट, म बिरामी पो भएँछु कि

हैट, रोग त पक्कै लागेको छ, झूट बोल्न नआउने, केहि मन लागेको कुरा, आफूले आफैलाई रोक्न नसक्ने रोग त पक्कै लागेको छ

Nepal Telecom ad

लोक सुब्बा :

एक जमात साथीहरू,
आज बजार लाग्दा,
सब एक ट्वाक हालिदिउँ भन्दै सबले चडाए,
मैले भने,
हैट, आज चाहिँ हुन्न यारानाहरू हो,
सब ट्वाल्ल परेर मलाइ हेरे,
यसको आज के चढेछ भनेर !
सबले ट्वाल्ल परेर मलाइ हेरेपछि,
मैले फेरि आफैलाई हेरेँ,
हैट, म खै बिरामी पो भएँछु कि !
बजारमा, तालीहरू, गालीहरू
जताततै,
सब सुन्छन्, धेरै पछि लाग्छन्,
म, मेरो कान र मस्तिष्कमा यस्ता थालीहरू,
कानको जालीभित्र कहिले पसेन
हैट, म खै बिरामी पो भएँछु कि क्या हो ?
मीठा कुराहरू
कोहीबेला गरेका साथीहरू,
आँधीबिच छोडेर,
धेरै डकार गरिरहेको हेर्दा अनि सुन्दा,
हामी पो धेरै बिग्रियौँ कि जस्तो,
कोहि बेला, धेरै बेला, ज्यादै बेला
हामी डकार गर्नु नआउनेहरू,
हैट, हामी खै बिरामी पो भयौँ कि जस्तो लाग्न थालेको ।

डाक्टरले रगत, मुटु, कलेजो
सब हेरेर जबर्जस्त गाली गर्दै फर्कायो,
वाहियात, हाम्रो कति धेरै काम छ,
यस्तो वाहियात, हाम्रो धेरै समय न लुताउनु,
अरु, धेरै चाहिनेहरूलाइ हामीले समय दिनु पर्छ
डाक्टरले यसरी गाली गर्दै वार्डबाट निकाली दिए ।
हैट, रोग त लागेकै छ,
न डाक्टर यो बज्छ
न मेरो साथीहरू,
न मेरो समज ।
हैट, रोग त पक्कै लागेको छ,
झूट बोल्न नआउने,
केहि मन लागेको कुरा,
आफूले आफैलाई रोक्न नसक्ने
रोग त पक्कै लागेको छ
मेरो साथीहरू,
आऊ, मलाइ पक्कै भन्दा
बढी र खतरा रोग लागेको छ,
म ज्यादै बिमारी भएको छु !
हैट, म बिरामी पो भएँछु कि
हैट, म इलाज बिहिनको रोगले ग्रस्त छु,
हैट, म अति अनि साह्रै रोगले ग्रस्त छु !
हैट, म बिरामी पो भएँछु कि !
यो रोग,
जो आफूलाई भन्ने रहर लाग्छ,
त्यो आफै, अनवरत आइ हाल्छ,
यो, अति ठुलो, इलाज बिनाको रोग हो
रहर बिना, डर बिना,
चाहना बिना, बाहना बिना
यो, जब आउँछ
हैट, म बिरामी पो भएँछु कि ।

०००
वर्गेन, नर्वे ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जूनकिरी !

जूनकिरी !

लोक सुब्बा
दुई शब्द

दुई शब्द

लोक सुब्बा
अल्जाइमर्स

अल्जाइमर्स

लोक सुब्बा
पानीका थोपाहरू

पानीका थोपाहरू

लोक सुब्बा
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही