साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैट, म बिरामी पो भएँछु कि

हैट, रोग त पक्कै लागेको छ, झूट बोल्न नआउने, केहि मन लागेको कुरा, आफूले आफैलाई रोक्न नसक्ने रोग त पक्कै लागेको छ

Nepal Telecom ad

लोक सुब्बा :

एक जमात साथीहरू,
आज बजार लाग्दा,
सब एक ट्वाक हालिदिउँ भन्दै सबले चडाए,
मैले भने,
हैट, आज चाहिँ हुन्न यारानाहरू हो,
सब ट्वाल्ल परेर मलाइ हेरे,
यसको आज के चढेछ भनेर !
सबले ट्वाल्ल परेर मलाइ हेरेपछि,
मैले फेरि आफैलाई हेरेँ,
हैट, म खै बिरामी पो भएँछु कि !
बजारमा, तालीहरू, गालीहरू
जताततै,
सब सुन्छन्, धेरै पछि लाग्छन्,
म, मेरो कान र मस्तिष्कमा यस्ता थालीहरू,
कानको जालीभित्र कहिले पसेन
हैट, म खै बिरामी पो भएँछु कि क्या हो ?
मीठा कुराहरू
कोहीबेला गरेका साथीहरू,
आँधीबिच छोडेर,
धेरै डकार गरिरहेको हेर्दा अनि सुन्दा,
हामी पो धेरै बिग्रियौँ कि जस्तो,
कोहि बेला, धेरै बेला, ज्यादै बेला
हामी डकार गर्नु नआउनेहरू,
हैट, हामी खै बिरामी पो भयौँ कि जस्तो लाग्न थालेको ।

डाक्टरले रगत, मुटु, कलेजो
सब हेरेर जबर्जस्त गाली गर्दै फर्कायो,
वाहियात, हाम्रो कति धेरै काम छ,
यस्तो वाहियात, हाम्रो धेरै समय न लुताउनु,
अरु, धेरै चाहिनेहरूलाइ हामीले समय दिनु पर्छ
डाक्टरले यसरी गाली गर्दै वार्डबाट निकाली दिए ।
हैट, रोग त लागेकै छ,
न डाक्टर यो बज्छ
न मेरो साथीहरू,
न मेरो समज ।
हैट, रोग त पक्कै लागेको छ,
झूट बोल्न नआउने,
केहि मन लागेको कुरा,
आफूले आफैलाई रोक्न नसक्ने
रोग त पक्कै लागेको छ
मेरो साथीहरू,
आऊ, मलाइ पक्कै भन्दा
बढी र खतरा रोग लागेको छ,
म ज्यादै बिमारी भएको छु !
हैट, म बिरामी पो भएँछु कि
हैट, म इलाज बिहिनको रोगले ग्रस्त छु,
हैट, म अति अनि साह्रै रोगले ग्रस्त छु !
हैट, म बिरामी पो भएँछु कि !
यो रोग,
जो आफूलाई भन्ने रहर लाग्छ,
त्यो आफै, अनवरत आइ हाल्छ,
यो, अति ठुलो, इलाज बिनाको रोग हो
रहर बिना, डर बिना,
चाहना बिना, बाहना बिना
यो, जब आउँछ
हैट, म बिरामी पो भएँछु कि ।

०००
वर्गेन, नर्वे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x